२०८१ चैत्र १० आईतवार

चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो ७ महिना (साउनदेखि माघसम्म) मा बैंक तथा वित्तीय संस्थाहरूको सेयर धितो कर्जामा ९३ अर्ब १२ करोड ४९ लाख रुपैयाँ लगानी भएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०/०८१ को सोही अवधिको तुलनामा शेयर धितो कर्जा ३९.८४ प्रतिशतले बढेको हो। गत आर्थिक वर्षको सोही अवधिसम्म वाणिज्य बैंकहरूबाट ६६ अर्ब ५९ लाख ४३ हजार रुपैयाँ शेयर धितो कर्जामा लगानी भएको थियो।

यसअवधिमा १७ बैंकहरूले शेयर कर्जामा लगानी बढाएका छन् भने २ बैंकले घटाएका छन्। नेपाल एसबिआई बैंकले यो अवधिमा १९५ प्रतिशतले शेयर धितो कर्जाको लगानी विस्तार गरेको छ। चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा एसबिआई बैंकको शेयर कर्जा लगानी ४७ करोड २६ लाख रुपैयाँ पुगेको छ।

त्यसैगरी, माछापुच्छे बैंकले १९२ प्रतिशतले शेयर कर्जा लगानी बृद्धि गर्दै १ अर्ब ३८ करोड ७९ लाख रुपैयाँ पुगेको छ भने कुमारी बैंकले १०८ प्रतिशतले बढाएर ८ अर्ब ६४ करोड २० लाख रुपैयाँको लगानी गरेको छ। सिद्धार्थ बैंकले ७७ प्रतिशतले वृद्धि गर्दै ८ अर्ब ३८ करोड ६१ लाख रुपैयाँ र एनएमबि बैंकले ७१ प्रतिशतको वृद्धि गर्दै १ अर्ब ७७ करोड ६८ लाख रुपैयाँ लगानी गरेको छ।

माघ मसान्तसम्ममा सबैभन्दा ठूलो कर्जा लगानी भने नबिल बैंकले गरेको छ। नबिल बैंकले यसअवधिमा १२ अर्ब ९५ करोड ९५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। गत आर्थिक वर्षको तुलनामा नबिलले मार्जिन प्रकृतिक कर्जामा १०.७० प्रतिशतको वृद्धि गरेको छ। गत वर्षको सोही अवधिमा बैंकलेशेयर धितो कर्जामा ११ अर्ब ७० करोड रुपैयाँ लगानी गरेको थियो।

ग्लोबल आइएमई बैंकले ११ अर्ब ६४ करोड रुपैयाँ लगानी गरेको छ र बैंकले शेयर धितो कर्जाको लगानी ७५.७२ प्रतिशतले वृद्धि गरेको जनाएको छ। अर्कोतर्फ, नेपाल बैंकले ६१ प्रतिशतले वृद्धि गर्दै ७ अर्ब ७२ करोड रुपैयाँ, प्राइम बैंकले ५६ प्रतिशतले वृद्धि गर्दै ६ अर्ब ५५ करोड रुपैयाँ र सिटिजन्स बैंकले ४२ प्रतिशतले वृद्धि गर्दै ६ अर्ब १५ करोड, राष्ट्रिय वाणिज्य बैंकले ४ प्रतिशतले वृद्धि गर्दै ४ अर्ब ५१ करोड, प्रभु बैंककको २९ प्रतिशतले वृद्धि गर्दै ४ अर्ब ३२ करोड,लक्ष्मी सनराइज बैंकको २४ प्रतिशतले वृद्धि गर्दै ४ अर्ब १० करोड शेयर धितो कर्जामा रुपैयाँ लगानी गरेका छन्।

साथै, यसअवधिमा एनआईसि एशिया बैंकको ४३ प्रतिशत र हिमालयन बैंकको २० प्रतिशतले शेयर धितोकर्जा घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय