
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको लाभांश सुरक्षित गर्ने आज फागुन २८ गते बुधबार अन्तिम दिन हो।
साधारण सभा तथा लाभांश प्रयोजनको लागि यस कम्पनीले चैत १ गतेदेखि बुक क्लोज गर्दैछ। फागुन २८ गते बिहीबार सरकारले फागु पूर्णिमाको अवसरमा काठमाडौं उपत्यकासहित पहाडी भेगमा सार्वजनिक बिदा दिएको छ। तसर्थ, यसदिन शेयर कारोबार हुँदैन। फलस्वरुपः यस कम्पनीको लाभांश हात पार्न आजै शेयर खरिद गर्नुपर्छ।
साल्ट ट्रेडिङ कर्पोरेसनले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ। उक्त लाभांश पारित गर्न यस कम्पनीले चैत ११ गते वार्षिक साधारण सभा बोलाएको छ। सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ।