२०८१ चैत्र १० आईतवार

रिलायबल लाइफ इन्स्योरेन्सको कोष प्रवर्द्धनमा बन्दमुखी म्युचुअल फन्ड रिलायबल समृद्धि योजना निष्कासन हुने भएको छ ।

अंकित मूल्य १० का दरले कुल १० करोड इकाइ जारी हुन लागेको हो । यसमध्ये १४ प्रतिशत योजना व्यवस्थापक रिलायबल क्यापिटल र १५ प्रतिशत कोष प्रवर्द्धकलाई छुट्याइएको छ । बाँकी ८ करोड ५० लाख इकाइ सार्वजनिक रुपमा बिक्रीको लागि खुला गरिएको छ । यस म्युचुअल फन्डमा लगानी गर्न चाहनेले वैशाख ३ देखि अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन् । न्यूनतम १ सय कित्ताका लागि आवेदन दिन सकिनेछ ।

यो योजना १० वर्षे अवधिको हो । १० वर्षपछि योजनाको सम्पूर्ण सम्पत्तिलाई नगदमा परिणत गरेर इकाइधनीलाई वितरण गरिनेछ । खुलामुखी योजना भएकाले बजारमा सूचीकृत हुनेछ । दोस्रो बजारबाट पनि किनबेच गर्न सकिनेछ । केयर रेटिङ नेपालबाट यसले बीबीबी प्लस रेटिङ प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय