२०८१ चैत्र १० आईतवार

ग्रीन डेभलपमेण्ट बैंक लि.को प्रमुख कार्यकारी अधिकृतमा हरिबहादुर बुढाथोकी पुनः नियुक्त भएका छन्।

बैंक संचालक समितिको बैठकले बुढाथोकीलाई आगामी ४ वर्ष अवधिको कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृत पदमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो। त्रिभुवन विश्व विद्यालयवाट वाणिज्य शास्त्रमा स्नातकोत्तर उतिर्ण गरेका बुढाथोकीसँग बैंकिङ्ग क्षेत्रमा दुई दशक बढीको कार्य अनुभव रहेको छ।

बैंकिङ्ग क्षेत्रको लामो अनुभव संगालेका बुढाथोकीकोे पुनः नियुक्तिले ग्राहकहरुलाई समय सापेक्ष थप प्रविधिमैत्री बैंकिङ्ग सेवा सुविधाहरु प्रवाह गरी बैंकको समग्र व्यवसाय र प्रतिफललाई वृद्धि गरि बैंकलाई थप उचाइमा पुर्‍याउने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय