
अघिल्ला सात कारोबार दिनसम्म लगातार झरेको शेयर बजार बुधबार १७.२८ अंक बढेको छ। सो वृद्धिपछि नेप्से २७३६ अंकमा कायम भएको छ।
आज कारोबारका क्रममा १२ : ४२ बजे बजार २७४५ अंकसम्म पुगेको थियो। बजार बढ्दा पनि कारोबार रकम सामान्य घटेको छ। अघिल्लो दिन ८ अर्ब ३९ करोडको कारोबार भएकोमा आज ८ अर्ब २३ करोडको भयो।
धेरैजसो सेक्टर बढेका छन्। बैंकिङ ०.५३, फाइनान्स ०.०२, होटल तथा पर्यटन ०.६४, हाइड्रोपावर ०.८५, लगानी १.७६, जीवन बीमा ०.६४, उत्पादन ०.१८, निर्जीवन बीमा ०.४०, अन्य १.५७ र व्यापार ०.२१ प्रतिशत बढे। माइक्रोफाइनान्स ०.२७ र विकास बैंक सेक्टर ०.३३ प्रतिशत घटे।
पिपुल्स हाइड्रोपावरको मूल्य ९.७९ प्रतिशत बढ्यो। प्रभु इन्स्योरेन्सको ७.८९, दिव्यश्वरी हाइड्रोपावरको ७.६७, घलेम्दी हाइड्रोपावरको ६.७१ तथा मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ६ प्रतिशत मूल्य बढ्यो।
विन नेपाल लघुवित्तको मूल्य १० प्रतिशत घट्यो। कर्पोरेट डेभलपमेन्ट बैंकको ४.३१, ग्रीन डेभलपमेन्टको ३.८ प्रतिशत मूल्य घट्यो। कारोबार रकमका आधारमा माछापुच्छ्रे बैंक संस्थापक, हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, घलेम्दी हाइड्रोपावर र नेपाल पुनर्बीमा कम्पनी क्रमशः अगाडि रहे।