२०८२ बैशाख ६ शनिबार

बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप एकैदिन ११ अर्ब रुपैयाँ निक्षेप घटेको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार, फागुन २५ गते आइतबार बैंक तथा वित्तीय संस्थासँग ६७ खर्ब ५५ अर्ब रुपैयाँको निक्षेप रहेकोमा, २६ गते सोमबार घटेर ६७ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ। यस घटबढको विश्लेषण गर्दा, वाणिज्य बैंकहरूबाट ११ अर्ब रुपैयाँ निक्षेप घटेका छन् भने विकास बैंक र वित्त कम्पनीहरूमा भने १० अर्ब रुपैयाँको घटबढ देखिएको छ।

त्यस्तै, बैंक र वित्तीय संस्थाको कर्जा पनि सानो मात्रामा बढेको छ। कर्जा ५४ खर्ब ६२ अर्ब रुपैयाँबाट बढेर ५४ खर्ब ६४ अर्ब रुपैयाँ पुगेको छ। विशेष गरी, वाणिज्य बैंकको कर्जा ४८ खर्ब ४९ अर्ब रुपैयाँबाट बढेर ४८ खर्ब ५१ अर्ब रुपैयाँ पुगेको छ।

सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत र सिडी रेसियो ७९ दशमलव ७२ प्रतिशत रहेको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय