२०८२ बैशाख ७ आईतवार

ताप्लेजुङको पाथिभरा क्षेत्रमा केवलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवाद समाधानको लागि विभिन्न पक्षसँग गृह मन्त्रालयले छलफल गरिरहेको छ।

यसै क्रममा मन्त्रालयले स्थानीय प्रतिनिधिलाई वार्तामा बोलाएको छ। वार्ता टोलीका संयोजक प्रेम प्रसाद भट्टराईले एक पत्र सम्प्रेषण गर्दै स्थानीय प्रतिनिधिलाई वार्तामा बोलाएका हुन्।

‘पाथीभरा क्षेत्रमा केवलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवादलाई वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधानका लागि सम्बन्धित सरोकारवाला आयोजना निर्माण पक्षसँग समेत समन्वय गरी आन्दोलनरत पक्षसँग वार्ता गर्न गृह मन्त्रालयद्वारा गठित वार्ता टोली र आन्दोलनरत वार्ता सहजीकरण समितिबीच माघ २२ गतेदेखि निरन्तर रूपमा वार्ता एवं संवाद भई रहेको ब्यहोरा सबैमा विदितै छ। यसै सन्दर्भमा आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका स्थानीय मागहरूका सम्बन्धमा स्थानीय सरोकारवालासँग वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान गर्ने विषयमा वार्ताका लागि ताप्लेजुङ जिल्लाका स्थानीय प्रतिनिधिहरूलाई आमन्त्रण गर्दछु’ पत्रमा भनिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय