
नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अुनसार यो साता सुन–चाँदीको मूल्य घटबढ भइरहेको देखिन्छ। यो साता छापावाल सुन प्रतितोला ४ हजार २ सय रूपैयाँ बढेको छ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार ३ सय रूपैयाँमा कारोबार भइरहेकोमा सोमबार प्रतितोला १ सय रूपैयाँ बढेर एक लाख ७० हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो। मंगलबार आउँदा सुन प्रतितोला प्रतितोला ५ सय रूपैयाँ घटेर प्रतितोला एक लाख ६९ हजार ९ सय रूपैयाँमा पुग्यो।
बुधबार मंगलबारको तुलनामा सुन प्रतितोला ६ सय रूपैयाँ बढेर एक लाख ७० हजार ५ सय रूपैयाँमा कारोबार भयो। बिहीबार सुनचाँदी व्यवसाय महासंघले सुनको कुनै पनि जानकारी दिएको थिएन। त्यसैगरी शुक्रबार सुन ४ हजार रूपैयाँले बढेर प्रतितोला एक हजार रूपैयाँ बढेर एक लाख ७४ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, चाँदी पनि यो साता प्रतितोला ६० रूपैयाँले बढेको महासंघको तथ्यांकले देखाएको छ।