
चिनियाँ कार निर्माता कम्पनी बीवाईडीले २०२४ का लागि आफ्नो वार्षिक आम्दानीको घोषणा गरेको छ। कम्पनीले दिएको जानकारीका अनुसार, कम्पनीले अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लालाई उछिनेको छ।
कम्पनीले अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लालाई उछिनेको छ। २०२४ मा कम्पनीको विक्री ७ खर्ब ७७ अर्ब युआन (१ खर्ब ७ अर्ब अमेरिकी डलर) रहेको छ। यो अघिल्लो वर्षको भन्दा २९ प्रतिशत धेरै हो। सोही अवधिमा टेस्लाको कूल आम्दानी ९७ अर्ब ७० करोड डलर थियो । बीवाईडीले टेस्लाको मोडल थ्रीलाई टक्कर दिन न्यून मूल्यका कार लन्च गरेको थियो। चीनको विद्युतीय कार बजारमा लामो समयदेखि टेस्लाको वचर्श्व थियो। तर गएको वर्ष कम्पनीको उक्त वर्चस्वलाई बीवाईडीले तोडेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्बन्ध र सरकारी निकायको अगुवाइको जिम्मा पाएपछि विश्वभरबाट नै मस्कले नकारात्मक टिप्पणी खेपिरहेका छन्। २०२४ मा बीवाईडीले विश्व बजारमा १७ लाख ९० हजार थान कार बेचेको छ।
सोही अवधिमा टेस्लाको विक्री १७ लाख ६० हजार थान थियो । आइतबार बीवाईडीले टेस्लालाई टक्कर दिन नयाँ कार लन्च गरेको छ।