
बुटवल पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २१ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा १६.७८ प्रतिशत धेरै हो । गत वर्ष यस कम्पनीले १८ करोड रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको सञ्चालन आम्दानी ५४ करोड ३७ लाखबाट बढेर ५५ करोड ८७ लाख रुपैयाँ पुगेको छ । यता, अन्य आम्दानी ६ करोड ४४ लाखबाट बढेर ६ करोड ९१ लाख पुगेको छ । त्यसैले नाफामा सुधार देखिएको हो ।
वित्तीय खर्च ९३ लाख ३६ हजारबाट घटेर ६१ लाख ४० हजार कायम भएको छ । ३ अर्ब ४० करोड ९० लाख ६५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको अदर इक्विटीमा ३ अर्ब ६६ करोड ८२ लाख रुपैयाँ छ । इपीएस ६.१७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २०७.६० रुपैयाँ छ ।