
नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ।
कम्पनीले असोजसम्मको विवरण सार्वजनिक गरेको हो। उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आर्थिक वर्षको प्रथम त्रैमास (असोज मसान्त) सम्म करीब ६ करोड ३३ लाख रूपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनी ४७ करोड ५६ लाख रूपैयाँ खुद घाटामा रहेकोमा यस वर्ष भने नाफा कमाउन सफल भएको हो।
खुद नाफा कमाएसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि गत वर्ष ३ रूपैयाँ ७१ पैसा ऋणात्मक रहेकोमा चालू आर्थिक वर्षमा ४७ पैसा धनात्मक भएको छ।