२०८३, मंसिर ८ गते

images

यूएईलाई हराउँदै नेपालले खोल्यो जितको खाता, यूएई ६ विकेटले पराजित

आइतवार , मंसिर ६, २०८३

कुशल भुर्तेलको अलराउन्ड प्रदर्शन र कप्तान सन्दीप लामिछानेको शानदार बलिङमा नेपालले कतारमा जारी राइजिङ स्टार्स एसिया कपमा पहिलो जित निकालेको छ।

आइतबार भएको खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको हो। यूएईले दिएको १२२ रनको लक्ष्य नेपालले २२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। नेपालको जितमा कुशल भुर्तेलले सर्वाधिक ५७ रन बनाए। उनले ५६ बलमा ६ चौका र एक छक्का प्रहार गरे। त्यस्तै, मयन यादवले २७ रन बनाउँदा बसिर अहमद १८ रनमा अविजित रहे।

यूएईका लागि मुहम्मद मोहसिनले दुई विकेट लिए भने उदीस सुरी र अंश टन्डनले एक–एक विकेट हात पारे। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएई ३९.५ ओभरमा १२१ रनमा अलआउट भएको थियो। यूएईका लागि मुहम्मद शाहदादले सर्वाधिक ४० रन बनाउँदा हरप्रीत सिंह भाटियाले ३२ र नूर उल्लाह अयोबीले १२ रन बनाए।

नेपालका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा तीन मेडनसहित ११ रन खर्चेर तीन विकेट लिए। कुशल भुर्तेलले पनि तीन विकेट हात पारे। त्यस्तै, नन्दन यादव, राशिद खान र ललित राजवंशीले समान एक–एक विकेट लिए।

नेपालले प्रतियोगिताको पहिलो खेलमा भारत 'ए' सँग निराशाजनक प्रदर्शन गर्दै २६ रनमै अलआउट भएको थियो। उक्त खेलमा नेपाल ३०६ रनले पराजित भएको थियो। यूएईमाथिको जितसँगै नेपालले प्रतियोगितामा पुनरागमन गरेको छ। नेपालले अब मंगलबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

images
images