भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन शाहलाई गंगाजलसहितको घडा उपहार दिएका छन्।
सोमबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहलाई गंगाजलसहितको घडा उपहारस्वरूप प्रदान गरेका हुन्।
भेटका क्रममा दुवै देशका प्रधानमन्त्रीले उपहार आदानप्रदान गरेका थिए। सो अवसरमा प्रधानमन्त्री शाहले भारतीय समकक्षी मोदीलाई पशुपतिनाथको चन्दन, रुद्राक्ष र शालिग्रामसहितको सेट उपहार दिएका थिए। दुई प्रधानमन्त्रीबीचको उपहार आदानप्रदानले नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई समेत झल्काएको छ।
प्रतिक्रिया दिनुहोस