२०८३, मंसिर ८ गते

images

कालीमाटीमा भित्रिन थाले गोरखा र स्याङ्जाका सुन्तला

मंगलवार , मंसिर ८, २०८३

सुन्तलाको मुख्य सिजन सुरु भएसँगै काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजारमा सुन्तलाको कारोबार बढ्न थालेको छ । बजारमा नेपालका विभिन्न जिल्लाबाट उत्पादित सुन्तला भित्रिन थालेपछि बिक्रीसमेत बढ्दै गएको हो ।

कालीमाटी बजारमा अहिले गोरखा, तनहुँ, स्याङ्जा र कास्कीलगायत जिल्लाबाट सुन्तला आपूर्ति भइरहेको छ । बजारमा सुन्तलाको आकार, गुणस्तर र अवस्थाअनुसार फरक–फरक मूल्यमा बिक्री भइरहेको व्यापारीहरूले बताएका छन् ।

New Project - 2026-11-24T124706.639.png

व्यापारीका अनुसार हाल कालीमाटी बजारमा पाँच केजी अर्थात् एक ढक सुन्तलाको मूल्य ३५० रुपैयाँदेखि ६०० रुपैयाँसम्म रहेको छ । ठूला आकारका र गुणस्तरीय सुन्तलाको मूल्य तुलनात्मक रूपमा बढी पर्ने गरेको छ । सिजनको सुरुवातसँगै बजारमा सुन्तलाको उपलब्धता सहज बन्दै गएको छ । आगामी दिनमा सुन्तला उत्पादन हुने जिल्लाबाट थप आपूर्ति बढ्ने र कारोबारसमेत विस्तार हुने व्यापारीहरूको अपेक्षा छ ।

उत्पादन बढ्दै जाँदा बजारमा सुन्तलाको आपूर्ति थप सहज हुने विश्वास गरिएको छ । यसले उपभोक्तालाई स्थानीय उत्पादनको सुन्तला सहज रूपमा उपलब्ध गराउनुका साथै किसान र व्यापारीको कारोबारमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

New Project - 2026-11-24T124733.441.png

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

images
images