२०८३, मंसिर ८ गते
मंगलवार , मंसिर ८, २०८३
Shares
एनएमबि बैंक लिमिटेडले भिजा लिडरसिप कन्क्लेभमा दुई प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ ।
डिजिटल भुक्तानी र ग्राहकमुखी बैंकिङ सेवामा उत्कृष्ट योगदान पुर्याएको भन्दै बैंकलाई ‘Excellence in Product Innovation’ र ‘Excellence in Consumer Debit Cards Business – Principal Client’ अवार्ड प्रदान गरिएको हो ।
बैंकका अनुसार यी सम्मानले डिजिटल बैंकिङ तथा भुक्तानी सेवामा गर्दै आएका नवीन प्रयास र निरन्तर सुधारलाई थप प्रोत्साहन गरेको छ । एनएमबि बैंकले डेबिट कार्ड तथा आधुनिक डिजिटल बैंकिङ सेवामार्फत ग्राहकलाई स्वदेश तथा विदेशमा सहज, छिटो र सुरक्षित वित्तीय कारोबारको सुविधा प्रदान गर्दै आएको छ ।
ग्राहकको दैनिक वित्तीय कारोबारलाई सरल र प्रविधिमैत्री बनाउने उद्देश्यसहित डिजिटल सेवाहरूलाई निरन्तर परिष्कृत गर्दै आएको बैंकले जनाएको छ । हाल बैंकले देशभर १९६ शाखा, १७६ एटीएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
Be the first to comment!
© 2026 All right reserved to businessnewsnepal.com
Design & Developed By
प्रतिक्रिया दिनुहोस