होमपेज > क्रेटा ईभी आज नेपाली बजारमा सार्वजनिक हुँदै

क्रेटा ईभी आज नेपाली बजारमा सार्वजनिक हुँदै

बिज्ञापन

कोरियाली सवारी उत्पादक कम्पनी हुन्डाई मोसर्टले उत्पादन गरेको मास मार्केट विद्युतीय एसयूभी क्रेटा ईभी आज नेपाली बजारमा औपचारिक रुपमा सार्वजनिक हुँदैछ। हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले सोमबार साँझ उपभोक्ताको रोजाइमा परेको क्रेटाको विद्युतीय भर्सन सार्वजनिक गर्दैछ।

हुन्डाईले अहिले पनि नेपाली बजारमा कोना रर आयोनिक फाइभ विद्युतीय कार बिक्री गर्दै आएको छ। प्रिमियम उत्पादन भएकाले यी दुई विद्युतीय कारले संख्यामा गुणात्मक फड्को मार्न सकेनन्। अब भने हुन्डाईले मास मार्केटमा उथलपुथल ल्याउने क्रेटा ईभी नेपाली बजारमा उतारेको छ।

नेपाली सडकमा सफलताको उचाइ चुमेको हुन्डाईको क्रेटा नै विद्युतीय भर्सनमा आएको हो। क्रेटा आफै पनि नेपाली तथा भारतीय बजारका लागि ब्रान्डकै रुपमा स्थापित भइसकेको छ। भारतमा जनवरी १७ मा औपचारिक रुपमा सार्वजनिक भएको क्रेटा ईभीले मार्च २४ अर्थात चैत ११ गतेबाट नेपाली बजारमा बिक्रीका लागि उपलब्ध हुने भएको छ।

हुन्डाईको क्रेटा नेपाली बजार उपभोक्ताका लागि परितिच नाममात्र होइन रोजाइको एसयूभी हो। आईसी इन्जिनले धेरैलाई लोभ्याएको क्रेटा विद्युतीय अवतारमा आएको हो। नेपाली बजारमा विद्युतीय कारको माग बढ्दै गएकाले भारतमा उत्पादन भएको र हुन्डाई ब्रान्डको भएकाले स्वभाविक रुपमा क्रेटा इलेक्ट्रिक धेरैको रोजाइमा पर्ने देखिन्छ।

पछिल्लो पटक विद्युतीय कारमा निक्कै प्रतिस्पर्धा बढ्दै गइरहेको छ। त्यसकाबीच हुन्डाई क्रेटा ईभी आफ्नो सेगमेन्टमा आउने अन्य ब्रान्डका विद्युतीय कारसँग प्रतिस्पर्धा गर्न सक्नेगरी तयार भएको छ। सबैजसो कम्पनीहरुले विद्युतीय कार उत्पादनलाई प्राथमिकताका राखेका छन्। विद्युतीकरण गर्नेक्रममा सवारी उत्पादकहरुले चलेका आईसी इन्जिन मोडललाई नै ईभी बनाइरहेका छन्। ईभी प्लेटफर्म अब्बल एसयूभी क्रेटालाई हुन्डाईले विद्युतीय बनाएर ल्याएको हो।

उत्कृष्ट विशेषता र आकर्षक डिजाइनमा बनेको क्रेटा इलेक्ट्रिक हुन्डाईको आयोनिक फाइभ विद्युतीय कारबाट पनि प्रभावित छ। पिक्सेलेटेड ग्राफिक फ्रन्ट(ग्रिल, पिक्सेलेटेड ग्राफिक लोअर बम्पर र पिक्सेलेटेड ग्राफिक रियर बम्परलगायत क्रेटा ईभीमा आयोनिक फाइभका विशेषता झल्किन्छन्।

रिभर्सिङ लाइटको साथ गाडीको ग्रिल तथा कम्पनीको लोगो भागमा नै चार्जिङ पोर्ट राखिएको छ। क्रेटा ईभीको ब्याट्री, मोटर पावर र सबैजसो विशेषताहरु बाहिर आइसकेका छन्। क्रेटा ईभीको मूल्य भने बाहिर आएको छैन। ईभी बारे चासो राख्ने र क्रेटा ईभी नै पर्खिएस बस्नेहरुमा पनि मूल्यबारे धेरै नै कौतुहलता देखिएको छ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले क्रेटा ईभीको मूल्य सार्वजनिकीकरण कार्यक्रममा मात्र सार्वजनिक गर्नेछ। तर क्रेटा ईभीको सुरुवाती मूल्य ५३ लाख ९६ हजार वा ५४ लाख ४६ हजार रुपैयाँबाट सुरु हुने अनुमान गरिएको छ।

-क्रेटा ईभीका मुख्य विशेषताहरु:

क्रेटा इलेक्ट्रिक दुईवटा ब्याट्री प्याकमा उपलब्ध हुनेछ। लक्ष्मी इन्टरनेसनलले क्रेटा ईभी दुवै ब्याट्री अप्सनमा सार्वजनिक गर्दै छ। हुन्डाई मोटर इन्डियाले क्रेटा ईभी ४२ किलोवाट आवर र ५१.४ किलोवाट आवर ब्याट्री प्याकमा उपलब्ध गराएको छ। जसको ४२ किलोवाट आवरको ब्याट्रीले ३ सय ९० किलोमिटर रेन्ज दिने र ५१.४ किलोवाट आवरको ब्याट्रीले ४ सय ७३ किलोमिटर रेन्द दिने एआरएआईले प्रमाणित गरेको छ।

४२ किलोवाट ब्याट्री प्याकसहतिको क्रेटा ईभीमा ९९ किलोवाटको मोटर पावर हुने छ भने यसले १ सय ३५ पीएस पावर जेनेरेट गर्ने छ। त्यस्तै ५१.४ किलोवाट आवरको ब्याट्री प्यासमा आउने लङरेन्जमा १ सय २५ किलोवाटको मोटर रहेको छ। लङरेन्ज क्रेटा इलेक्ट्रिकले ७.९ सेकेन्डमा ० देखि १०० किमीप्रतिघन्टाको गति तय गर्न सक्छ।

क्रेटा ईभी २६ सय १० एमएमको ह्वील बेसको साथमा २ सय एमएमको उच्च ग्राउन्ड क्लियरेन्स रहेको छ। क्रेटा आईसी इन्जिनको तुलनामा ईभीमा १० एमएम बढी ग्राउन्ड क्लियरेन्ज रहेको छ। ४ सय ३३ लिटरको बुट स्पेस र २२ लिटरको फ्रंक रहेको क्रेटा ईभीमा छ।

हुन्डाईले क्रेटा ईभीमा डीसी चार्जर उपलब्ध गराएको छ। ५० किलोवाटको डीसी फास्ट चार्जरबाट १० देखि ८० प्रतिशत चार्ज ५८ मिनेटमै हुने दाबी कम्पनीको छ। त्यस्तै ११ किलोवाटको एसी फास्ट चार्जरबाट ४२ किलोवाटको क्रेटा चार्ज गर्न ४ घण्टा र ५१.४ किलोवाटलाई ४ घण्टा ५० मिनेट लाग्ने कम्पनीले जनाएको छ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले क्रेटा ईभीको बिक्री थाल्नुअघिबार्ट चार्जिङ पूर्वाधार र सर्भिस नेटकर्व मजबुत बनाउन लागि गरेको छ। विगत ५ वर्षदेखि विद्युतीय कार बिक्री गर्दै आएको कम्पनीलाई नेटकर्व विस्तार र रणनीति निर्माणमा सहजता छ। क्रेटा ईभी मासमा बिक्री हुने भएकाले त्यसका लागि पर्याप्त चार्जिङ नेटर्वक र सर्भिस उपलब्ध गराउन देशभर आफ्नो सर्भिस तथा शोरुम सञ्जालमार्फत लक्ष्मी इन्टरकन्टिनेन्टलले काम थालिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  2. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  3. १३ राजदूतका लागि ३ हजार आवेदन
  4. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  5. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  6. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  7. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  8. तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  9. मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  10. १० अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  11. ११ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  12. १२ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  13. १३ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  14. १४ लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार रकम ६ अर्ब ६७ करोड नाघ्यो
  15. १५ सरकारले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने