होमपेज > नाडा अटो शोमा चार हजारमाथि सावरी साधन बुकिङ, कुन कम्पनीको कति?

नाडा अटो शोमा चार हजारमाथि सावरी साधन बुकिङ, कुन कम्पनीको कति?

बिज्ञापन

टाटा डटइभिद्धारा प्रायोजित नाडा अटो शो २०२४ मा करिब चार हजार दुई सय ११ वटा सवारी साधान बुकिङ भएको आयोजकले बताएका छन् । काठमाडौंको भृकृटीमण्डपमा आइतबार सम्पन्न नाडाको १६ औं संस्करणमा करिब १५ अर्ब बराबरका गाडी खरिदका लागि बुकिङ भएको नाडाले जनाएको छ ।

उक्त अटो शोमा ८२ हजार ४७० दर्शकहरुले अबलोकन गरेको आयोजकले जानकारी दिएको छ । बकिङ भएका सवारी साधनमा तीन हजार छ सय ५ वटा चार पाङग्रे र छ सय ६ वटा दुई पाङग्रे सवारी साधन रहेका छन् । अटो शोमा स्काइवेल, टाटाको नयाँ विद्युतीय गाडी पञ्च, दिपल, डङफिङको नामी, लिपमोटर, हुन्डाईको नेपालमा बनेको भेन्यू र क्रेटा, ओडा तथा जेको जे ६, विवाइडी, एआइअन, सिट्रोइन, स्कोरपियो सेरेसा, सुजुकी, एमजी, अमोडा, किया लगायतका गाडीहरु बुकिङ भएका थिए भने दुई पाङग्रे सवारी साधनमा हिरो, रोयल इफिल्ड, जोन्सोन, बजाज, यामाहा,टिभिएस,इथर लगायतका सवारी साधनहरु बुकिङ भएका छन् ।

दिपल,नामीको नेपालका लागि विक्रेता एमएडब्लू वृद्धिले नामी ब्राण्डका गाडी ७१९ वटा बुकिङ गरेको जनाएको छ । त्यस्तै स्काइ वेलले १२२ वटा गाडी बुकिङ गरेको जनाएको छ । त्यस्तै, विवाइडीले ७१० वटा, टाटाको पञ्च ४७५ वटा बुकिङ भएको कम्पनीले जनाएको छ । त्यस्तै, टाटाकै टियागो विद्युतीय गाडी १६२ वटा बुकिङ भएको जनाएको छ । त्यस्तै, अमोडा ३२२ वटा बुकिङ भएको जेको र अमोडाको आधिकारीक विक्रेता एसपीजी अटोमोबाइल्सले जनाएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलका अनुसार १५० वटा हुन्डाईका गाडी बुकिङ भएको जनाएको छ । त्यस्तै, सेरेस २११, दिपल १२५, एक्सपेङ १२, भोल्टस ३५, बीएडब्लू १२७ वटा, जिकर २५ वटा बुकिङ भएका छन् ।

त्यस्तै, सीजी मोटरका अनुसरा नेटा ४०वटा, आयोन १६ वटा, आइयी ४० वटा, सीडारा २०, एक्स्पेङ १७ वटा, किङलङ १५ वटा केवाइसी २४ वटा, वतार १० बुकिङ भएको जनाएको छ । त्यस्तै, दुई पाङग्रे सवारी साधनमा सबैभन्दा धेरै हुलासले ल्याएको नयाँ बाइक ट्राइम्फ बुकिङ भएको छ । नाडा शो भरीमा ट्राइम्फ २०० वटा बुकिङ भएका छन् । त्यस्तै, त्रिवणी ग्रुप नेपालको विक्री वितरण रहेको रोयल इन्फिल्ड ७० वटा, सीजी मोटर वितरण रहेको हिरो ६०, गोल्छा समूह वितरण रहेको बजाज ५० वटा, सिएफमोटो ५१ बैद्य अर्गनाइजेसन वितरक रहेको एथर ४५, एनआइयू ४०, जियो ३६, र सुजुकी १० वटा बुकिङ भएको कम्पनीले जनाएका छन् । प्रदर्शनीमा उत्कृष्ट चारपाङ्ग्रे सवारीसाधनको स्टल सिजि मोटर्स प्रालि रीडराले जितेको छ र उत्कृष्ट दुईपाङ्ग्रे सवारी साधनतर्फको स्टल बैैद्य इनर्जि प्रा।लि अथेरले जितेको छ । त्यसैगरी लाइट कमर्सियल भेहिकलको बेष्ट स्टल एवार्ड एमएडब्लुु प्र्रालि सोकोनले जितेको छ । यसैगरी वेष्ट कम्पोनेण्टको पुरस्कार सत्यदिप इण्टरनेशनल प्रा.लि भिडोलले जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  2. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  3. तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  4. मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  5. अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  6. अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  7. प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  8. सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  9. लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार रकम ६ अर्ब ६७ करोड नाघ्यो
  10. १० सरकारले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने
  11. ११ वाणिज्य बैंकहरूको औसत आयकर योगदान २३ अर्ब ३१ करोड रुपैयाँ
  12. १२ रोपाइँ गरिरहेका बेला पहिरो खस्दा आधा दर्जन किसान घाइते, एकको अवस्था गम्भीर
  13. १३ जानकी मन्दिर प्रवेश गर्न खोज्दा हर्क साम्पाङको विरोध, समर्थकलाई लखेटिएपछि दर्शन नगरी फर्किए
  14. १४ सामाजिक सुरक्षा कोषमा एक खर्ब १६ अर्बभन्दा बढी रकम जम्मा
  15. १५ China’s Moonshot and Alibaba Escalate AI Race With Powerful Open-Source Models