होमपेज > पासपोर्ट खरिद प्रकरण: महानिर्देशक अर्यालसहित १८ विरुद्ध मुद्दा दायर, १० अर्बभन्दा १३ करोडबढीको बिगो दाबी

पासपोर्ट खरिद प्रकरण: महानिर्देशक अर्यालसहित १८ विरुद्ध मुद्दा दायर, १० अर्बभन्दा १३ करोडबढीको बिगो दाबी

अख्तियारले आरजू राणासँग समेत बयान लिने

बिज्ञापन

पासपोर्ट खरिद र छपाई प्रकरणमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले सोमबार १६ जना व्यक्ति र दुई कम्पनीलाई विपक्षी बनाउँदै विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १० जना कर्मचारीलाई समेत विपक्षी बनाएर कुल १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रुपैयाँ ०१ पैसा बिगो कायम गरी मुद्दा दायर गरेको हो । विशेष अदालतका सूचना अधिकारी पार्वती हितानका अनुसार अख्तियारले विभागका महानिर्देशक तीर्थराज अर्याल, निर्देशक सुनिल कुमार केसी, लेखा अधिकृत तुलसी आचार्य, तत्कालीन निर्देशक तथा हाल परराष्ट्र मन्त्रालयमा कार्यरत उपसचिव शत्रुधन शर्मा पौडेल, तत्कालीन निर्देशक रवीन्द्र राजभण्डारी, कानुनका उपसचिव राजाराम दाहाल, उपसचिवहरू भेष प्रसाद भुर्तेल, पुष्कर नेपाल, अधिकृत सोमेश थापा र कम्प्युटर इन्जिनियर विपिन प्रसाईँ रहेका छन् ।

त्यसै गरी पासपोर्टको आपूर्ति र छपाइमा संलग्न कम्पनीका नेपालस्थित सहजकर्ताहरू सिद्धार्थ थापा र मुनिन्द्रराज मल्लविरुद्ध समेत मुद्दा दायर भएको छ । त्यसै गरी अख्तियारले पासपोर्टको छपाई र प्रिन्टमा संलग्न रहेका दुई वटा जर्मन कम्पनीहरू मुइलबउर आइडी सर्भिसेज र भेरिडोस कम्पनीविरुद्ध समेत सार्वजनिक सम्पत्तिको गैरकानुनी लाभ हानी पुर्‍याई भ्रष्टाचार गरेको कसुरमा मुद्दा दायर गरेको हो ।

अख्तियारले पूर्व परराष्ट्र मन्त्री आरजू राणासँग समेत बयान लिने प्रयास गरेको भए पनि यो अभियोगमा उनीमाथि मुद्दा दायर भएको छैन । विशेष अदालतका सूचना अधिकारी हितानले लोकपथसँग भनिन्, ‘बाहिर आरजूविरुद्ध समेत मुद्दा आएको भनेर मैले पनि सुने, तर अभियोग पत्र हेर्दा कहीँ पनि उहाँको नाम देखिएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  2. १३ राजदूतका लागि ३ हजार आवेदन
  3. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  4. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  5. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  6. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  7. तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  8. मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  9. अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  10. १० अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  11. ११ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  12. १२ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  13. १३ लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार रकम ६ अर्ब ६७ करोड नाघ्यो
  14. १४ सरकारले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने
  15. १५ वाणिज्य बैंकहरूको औसत आयकर योगदान २३ अर्ब ३१ करोड रुपैयाँ