होमपेज > नेपाली राष्ट्रिय क्रिकेट टोलीको अभ्यासमा कप्तानसहित तीन खेलाडी सहभागी नहुने

नेपाली राष्ट्रिय क्रिकेट टोलीको अभ्यासमा कप्तानसहित तीन खेलाडी सहभागी नहुने

बिज्ञापन

भारतमा हुने नेपाली राष्ट्रिय क्रिकेट टोलीको अभ्यासमा कप्तानसहित तीन खेलाडी सहभागी नहुने भएका छन् । क्यानडामा आयोजना हुने विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको तयारीका लागि नेपाली टोली सोमबार भारत गएको छ ।

नेपाल क्रिकेट संघ(क्यान) का प्रवक्ता छुम्बी लामाका अनुसार हाल क्यानडामा रहेका कप्तान रोहितकुमार पौडेल, अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछाने भारतमा हुने प्रशिक्षणमा सहभागी हुने छैनन् । तीनै खेलाडी क्यानडामा भएको ग्लोबल टी ट्वान्टी लिगका लागि त्यहाँ रहेका थिए । ‘हामी अन्तिममा जाने भनेको क्यानडा नै हो । उनीहरु उतै रहन्छन् । दीपेन्द्र र रोहित अर्को लिगका लागि वेस्ट इन्डिज जान्छन् । सन्दीप भने क्यानडामा रहन्छन्,’ प्रवक्ता लामाले भने ‘नेपालमा वर्षाको सिजन भएकाले नेपाली टोली खेल भन्दा केही अघि नै क्यानडा जाने तयारीमा रहेको छ ।’

टोलीले बैंगलोरको राष्ट्रिय क्रिकेट एकेडेमी (एनसिए) मा दुई साता प्रशिक्षण गर्ने प्रवक्ता लामाले बताए । बोर्ड अफ क्रिकेट कन्ट्रोल इन्डिया(बिसीसीआई) सँगको सहकार्यमा नेपाली टोलीले पहिलो पटक त्यहाँको सुविधासपन्न एकेडेमीमा अभ्यास गर्न लागेको लामाले बताए । नेपालले सेप्टेम्बरमा क्यानडामा ओमान र घरेलु टोलीबीच त्रिकोणात्मक सिरिज खेल्ने छ । नेपालको लिग–२ मा यो दोस्रो सिरिज हो। नेपालले लिग-२ अन्तर्गत दोस्रो राउन्डको त्रिकोणात्मक सिरिज खेल्न लागेको हो । पहिलो राउन्डमा नेपालले घरेलु मैदानमा नामिबिया र नेदरल्यान्ड्ससँग खेलेको थियो ।

नेपालले पहिलो राउन्डमा १ खेल मात्र जितेको थियो । पहिलो राउन्डमा नेपालले नेदरल्यान्ड्सलाई मात्र पराजित गरेको थियो । गत साता क्यानले २२ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो । ‘भारतमा हुने अभ्यासमा रोहित, सन्दीप र दीपेन्द्रबाहेकका १९ खेलाडी सहभागी हुनेछन् । गुलसन झा र देव खनाल भारतमा नै रहेकाले उतैबाट टोलीमा सामेल हुनेछन् । मुख्य प्रशिक्षक मोन्टि देसाई पनि भारतमा नै टोलीमा सामेल हुनेछन् ,’प्रवक्ता लामाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  2. विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  3. नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  4. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  5. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  6. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  7. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  8. १३ राजदूतका लागि ३ हजार आवेदन
  9. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  10. १० नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  11. ११ एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  12. १२ ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  13. १३ तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  14. १४ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  15. १५ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न