होमपेज > अन्डाको मूल्य फेरि बढ्यो, अब प्रतिक्रेट कति पुग्याे ?

अन्डाको मूल्य फेरि बढ्यो, अब प्रतिक्रेट कति पुग्याे ?

बिज्ञापन

बजारमा अन्डाको मूल्य फेरि बढेको छ। नेपाल लेयर्स कुखुरापालक संघले आज सोमबारदेखि लागू हुने गरी अन्डाको फार्म मूल्य (समर्थन मूल्य) प्रतिक्रेट ३५ रुपैयाँले वृद्धि गरेको छ।

संघका अनुसार पछिल्ला चार दिनभित्रै अन्डाको मूल्य दोस्रो पटक बढाइएको हो। संघका अध्यक्ष विनोद पोखरेलका अनुसार अब मिडियम अन्डाको मूल्य प्रतिक्रेट ४३५ रुपैयाँ पुगेको छ, जुन यसअघि ४०० रुपैयाँ थियो। त्यसैगरी ठूलो (लार्ज) अन्डाको मूल्य ४५० रुपैयाँबाट बढेर ४८५ रुपैयाँ कायम गरिएको छ। एक्सएल अन्डाको मूल्य पनि ३५ रुपैयाँले बढेर ५०० रुपैयाँ पुगेको संघले जनाएको छ।

संघका अनुसार देशका विभिन्न क्षेत्रमा फैलिएको बर्डफ्लुका कारण हालसम्म ५ लाखभन्दा बढी लेयर्स कुखुरा नष्ट भएपछि उत्पादनमा ठूलो गिरावट आएको छ। उत्पादन घट्दा बजारमा माग उच्च भएकाले मूल्य समायोजन गर्न बाध्य भएको संघको भनाइ छ। अध्यक्ष पोखरेलले मूल्य वृद्धि भए पनि किसानले अझै वास्तविक लागत मूल्य नपाएको बताएका छन्। उनका अनुसार उत्पादन लागत बढ्दै गएको र सरकारी राहत समयमै नपाउँदा किसानहरू संकटमा परिरहेका छन्।

बर्डफ्लुको प्रभावका कारण उत्पादन घटेपछि उपभोक्ता मूल्यमा समेत असर पर्ने देखिएको छ। संघले समयमै राहत र नीतिगत सहयोग नभए कुखुरापालक किसानहरू पलायन हुने जोखिम बढ्ने चेतावनी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  2. विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  3. नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  4. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  5. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  6. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  7. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  8. १३ राजदूतका लागि ३ हजार आवेदन
  9. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  10. १० नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  11. ११ एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  12. १२ ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  13. १३ तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  14. १४ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  15. १५ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न