होमपेज > अस्ट्रेलियामा १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल पूर्ण प्रतिबन्ध

अस्ट्रेलियामा १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल पूर्ण प्रतिबन्ध

बिज्ञापन

अस्ट्रेलियाले आजदेखि १६ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रयोगमा पूर्ण प्रतिबन्ध लागू गर्दै कडा कदम चालेको छ। यससँगै अस्ट्रेलिया यस्तो रोक लगाउने विश्वकै पहिलो देश बनेको छ। अब टिकटक, युट्युब, इन्स्टाग्राम, फेसबुकलगायत प्लेटफर्म १६ वर्षमुनिका बालबालिकाले खोल्न वा प्रयोग गर्न पाउने छैनन्।

सरकारका अनुसार बालबालिकाको मानसिक स्वास्थ्य, अभिवृद्धि र अनलाइन सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय लिइएको हो। नियम उल्लंघन गर्ने कम्पनीहरूलाई भारी जरिवाना तिर्नुपर्नेछ। नोभेम्बर २०२४ मा पारित कानुनअनुसार नियम नमान्ने सामाजिक सञ्जाल कम्पनीले अधिकतम ४.९५ करोड अस्ट्रेलियाली डलरसम्मको जरिवाना भुक्तान गर्नुपर्नेछ।

अन्य देशका कानुनी अवस्थाहरू

अमेरिका
अमेरिकामा लागू ‘चिल्ड्रेन प्राइभेसी’सम्बन्धी कानुनले १३ वर्षभन्दा कम उमेरका बालबालिकालाई अभिभावकको सहमतिबिना सामाजिक सञ्जाल प्रयोग गर्न रोक्छ। धेरै अमेरिकी राज्यले १३ वर्षमाथिका प्रयोगकर्ताका लागि पनि अभिभावकको सहमति अनिवार्य गर्ने कानुन बनाएका छन्, तर अभिव्यक्तिको स्वतन्त्रता र गोपनीयताका कारण यी कानुनले कानुनी चुनौती सामना गरिरहनुपरेको छ।

युरोपेली संघ (ईयू)
युरोपेली संसद्ले १६ वर्ष न्यूनतम उमेर सीमा बनाउने प्रस्ताव पारित गरिसकेको छ। ईयूभर १३ वर्षको डिजिटल आयु सीमा तथा भिडियो सेयरिंग प्लेटफर्म र एआई प्रयोगका लागि पनि १३ वर्षको न्यूनतम सीमा तय गर्ने तयारी भइरहेको छ।

ब्रिटेन
‘अनलाइन सेफ्टी एक्ट २०२३’ पछि सामाजिक सञ्जाल कम्पनीमाथि कडाइ गरिएको छ। नाबालकलाई हानिकारक सामग्रीबाट जोगाउन विभिन्न उमेर–आधारित सुरक्षा उपाय लागू गरिएका छन्। तर, सामाजिक सञ्जाल प्रयोगका लागि स्पष्ट न्यूनतम उमेर सीमा भने तोकिएको छैन।

जर्मनी
जर्मनीमा १३ देखि १६ वर्ष उमेर समूहका बालबालिकाले अभिभावकको सहमतिमा मात्र सामाजिक सञ्जाल प्रयोग गर्न सक्छन्। तर, विज्ञहरूको मूल्यांकनमा वर्तमान व्यवस्था पर्याप्त छैन र थप कडाइ आवश्यक रहेको बताइन्छ।

डेनमार्क
डेनमार्कले यसै वर्ष १५ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने निर्णय गरेको छ। १३ वर्षसम्मका बालबालिकालाई अभिभावकको अनुमति दिइन सक्ने व्यवस्था छ।

इटाली
१४ वर्षभन्दा कम उमेरमा सामाजिक सञ्जाल खोल्न अभिभावकको अनुमति अनिवार्य छ। १४ वर्षपछि भने स्वतन्त्र रूपमा खाता खोल्न सकिन्छ।

चीन
चीनमा ‘माइनर मोड’ प्रणाली लागू छ, जसले उमेरअनुसार स्क्रिन टाइम र अनलाइन क्रियाकलाप सीमित गर्छ। एप र डिभाइस दुवैमा कडा नियंत्रण प्रणाली राखिएको छ।

मलेसिया
मलेसियाले २०२६ देखि १६ वर्षभन्दा कमका प्रयोगकर्ताका लागि सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने घोषणा गरिसकेको छ।

फ्रान्स
फ्रान्सले २०२३ मा १५ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि अभिभावकको अनुमतिको व्यवस्था गरेको छ। तर, प्रविधिगत चुनौतीका कारण कार्यान्वयनमा कठिनाइ देखिएको छ।

नर्वे
नर्वेले सामाजिक सञ्जालको न्यूनतम उमेर १३ बाट १५ वर्ष पुर्‍याउने निर्णय गरिसकेको छ। १५ वर्षमुनिका प्रयोगकर्ताले अभिभावकको अनुमति पाउनुपर्नेछ। सरकार नयाँ कानुनी ढाँचा तयार गर्न व्यस्त छ।

टेक कम्पनीहरूको आफ्नै नियम

टिकटक, फेसबुक, स्न्यापच्याटलगायत प्लेटफर्मले न्यूनतम १३ वर्ष उमेर नीति राखे पनि यसको कार्यान्वयन कडा रूपमा नहुने अनुसन्धानहरूले देखाएका छन्। धेरै युरोपेली देशको तथ्यांकले १३ वर्षभन्दा कम उमेरकै बालबालिकाले सामाजिक सञ्जाल प्रयोग गरिरहेको जनाउँछ। अस्ट्रेलियाको नयाँ कदमसँगै विश्वभर बालबालिकाको अनलाइन सुरक्षाबारे छलफल झनै चर्किने संकेत देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार: प्रधानमन्त्री शाह
  2. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  3. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  4. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  5. तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  6. मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  7. अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  8. अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  9. प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  10. १० सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  11. ११ लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार रकम ६ अर्ब ६७ करोड नाघ्यो
  12. १२ सरकारले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने
  13. १३ वाणिज्य बैंकहरूको औसत आयकर योगदान २३ अर्ब ३१ करोड रुपैयाँ
  14. १४ रोपाइँ गरिरहेका बेला पहिरो खस्दा आधा दर्जन किसान घाइते, एकको अवस्था गम्भीर
  15. १५ जानकी मन्दिर प्रवेश गर्न खोज्दा हर्क साम्पाङको विरोध, समर्थकलाई लखेटिएपछि दर्शन नगरी फर्किए