होमपेज > आकार फाउन्डेशनद्वारा अपाङ्गता भएका कलाकारहरूलाई सम्मान

आकार फाउन्डेशनद्वारा अपाङ्गता भएका कलाकारहरूलाई सम्मान

बिज्ञापन

आकार फाउन्डेशनले आज ललितपुर महानगरपालिकामा एक विशेष सम्मान तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गर्दै कला प्रदर्शनीका क्रममा चित्रकला बिक्री गर्न सफल अपाङ्गता भएका व्यक्तिहरूलाई सम्मान गरेको छ। कार्यक्रममा सहभागी कलाकारहरूको सृजनशीलता, मेहनत र उपलब्धिलाई उत्सवका रूपमा मनाउँदै समावेशी कलामा उनीहरूको योगदानलाई कदर गरिएको थियो।

कार्यक्रमका क्रममा चित्रकला बिक्री भएका कलाकारहरूले आफ्ना चित्रकला बिक्रीबाट प्राप्त पहिलो आम्दानी ग्रहण गरेका थिए, जसले उनीहरूको सृजनात्मक यात्रामा एक महत्वपूर्ण कोशेढुंगा कायम गरेको छ। आर्थिक सहयोगसँगै प्रत्येक सहभागीलाई सम्मान र प्रोत्साहनस्वरूप प्रशंसापत्र पनि प्रदान गरिएको थियो। ललितपुर महानगरपालिकाका सूचना अधिकारी देवप्रसाद गुरागाईंले कलाकारहरूलाई पुरस्कार प्रदान गर्दै उनीहरूको मौलिकता, समर्पण र कलात्मक अभिव्यक्तिको प्रशंसा गरे। साथै, यस प्रयासलाई सफल बनाउन सहयोग गर्ने स्वयंसेवकहरूलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो।

आकार फाउन्डेशन र ललितपुर महानगरपालिकाको अपाङ्गता भएका व्यक्तिहरूलाई अर्थपूर्ण अवसर मार्फत सशक्त बनाउने साझा प्रतिबद्धता अनुरुप यो कार्यक्रम गरिएको थियो। सहभागीहरूलाई कलात्मक सीपका लागि मात्र नभई कला मार्फत् आफ्नो अभिव्यक्ति प्रस्तुत गर्ने आत्मविश्वास र दृढताका लागि पनि हार्दिकतापुर्वक सम्मान गरिएको थियो। कलाकारहरूलाई गौरव, खुशी र प्रेरणाले भरिपूर्ण कार्यक्रममा सार्वजनिक रूपमा सम्मान गरिएको।

कार्यक्रममा बोल्दै आकार फाउन्डेशनका प्रतिनिधिहरूले अपाङ्गता भएका कलाकारहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने र सृजनशीलताबाट आर्थिक लाभ लिन सक्ने समावेशी मञ्चहरूको महत्त्वमा जोड दिए। उनीहरूले यस्ता कदमले आत्मसम्मान वृद्धि गर्ने, सामाजिक समावेशिता प्रवर्द्धन गर्ने र समुदायको व्यापक सहभागिता बढाउने कुरा उल्लेख गरे। ललितपुर महानगरपालिका र आकार फाउन्डेशनबीचको सहकार्यले अपाङ्गता भएका व्यक्तिहरूको क्षमता र योगदानलाई मूल्याङ्कन गर्ने अवसरहरू निरन्तर सिर्जना गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  2. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  3. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  4. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  5. १३ राजदूतका लागि ३ हजार आवेदन
  6. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  7. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  8. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  9. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  10. १० तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  11. ११ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  12. १२ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  13. १३ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  14. १४ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  15. १५ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा