होमपेज > एनआईसी एसिया बैंकद्धारा निर्मित विद्यालयको पुस्तकालय भवनको उद्घाटन

एनआईसी एसिया बैंकद्धारा निर्मित विद्यालयको पुस्तकालय भवनको उद्घाटन

बिज्ञापन

एनआईसी एसिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मुलुकभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा निर्माण गरेका भवनहरुमध्ये थप एक विद्यालयमा पुस्तकालय उद्घाटन गरिएको छ।

विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्रीहरु उपलब्ध गराई अध्ययन अध्यापनमा सहयोग गर्न र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यले सम्बन्धित विद्यालय एवं स्थानीय तहको सक्रिय सहभागितामा बैंकको सहयोगमा निर्माण गरिएको गण्डकी प्रदेशको तनहुँ जिल्लास्थित बन्दीपुर गाउँपालिका–१ मा अवस्थित श्री पवित्रा माध्यमिक विद्यालयलाई हस्तान्तरण गरेको पुस्तकालय भवनमा असोज १६ गते पुस्तकालय उद्घाटन गरिएको हो।

उक्त पुस्तकालय उद्घाटन समारोहमा सोही गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा र वडा नम्बर १ का अध्यक्ष शिवकुमार श्रेष्ठ, बैंकका तर्फबाट गण्डकी प्रदेश- ३ का प्रमुख चूडामणि पराजुली र सम्बन्धित विद्यालयका प्रतिनिधिलगायतको उपस्थिति थियो। यस पुस्तकालय सञ्चालनमा आएसँगै उक्त विद्यालयका करिब ११२५ विद्यार्थी तथा शिक्षक–शिक्षिका प्रत्यक्ष रुपमा लाभान्वित भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  2. विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  3. नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  4. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  5. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  6. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  7. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  8. १३ राजदूतका लागि ३ हजार आवेदन
  9. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  10. १० नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  11. ११ एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  12. १२ ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  13. १३ तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  14. १४ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  15. १५ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न