होमपेज > ओपेक प्लस देशको तेल उत्पादनको कोटा बढाउने निर्णय

ओपेक प्लस देशको तेल उत्पादनको कोटा बढाउने निर्णय

बिज्ञापन

साउदी अरेबिया, रुस र ओपेक प्लस समूहका अन्य पाँच सदस्य देशहरूले तेल उत्पादनको कोटा बढाउने निर्णय गरेका छन् ।

यो निर्णय संयुक्त अरब इमिरेट्स (युएई) ले अचानक ओपेकबाट बाहिरिने घोषणा गरेपछि गठबन्धनको निरन्तरता र स्थायित्व कायम राख्ने उद्देश्यले लिइएको बताइएको छ ।

रिपोर्टका अनुसार सात प्रमुख तेल उत्पादक देशहरूले आगामी जुन महिनादेखि दैनिक १ लाख ८८ हजार ब्यारेल तेल उत्पादन बढाउने घोषणा गरेका छन् । ओपेक प्लसले जारी गरेको वक्तव्यमा मध्यपूर्वमा जारी युद्धका कारण तेलको मूल्यमा दबाब परेको अवस्थामा बजार स्थिरता कायम राख्न सामूहिक प्रतिबद्धताअन्तर्गत यो कदम चालिएको उल्लेख गरिएको छ ।

अल्जेरिया, इराक, काजाखस्तान, कुवेत, ओमान, रुस र साउदी अरेबियाबीच भएको अनलाइन बैठकपछि जारी वक्तव्यमा संयुक्त अरब इमिरेट्सको उल्लेख गरिएको छैन । तेल बजारका विश्लेषकहरूले यसअघि नै उत्पादन बढ्ने अनुमान गरेका थिए। यो वृद्धि मार्च र अप्रिलमा घोषणा गरिएको दैनिक २ लाख ६ हजार ब्यारेल उत्पादन वृद्धिसँग करिब बराबर मानिएको छ । अमेरिका र इजरायलसँग इरानको युद्धका कारण विश्व इन्धन बजारमा अनिश्चितता बढिरहेका बेला संयुक्त अरब इमिरेट्सले मे १ देखि ओपेकबाट बाहिरिने घोषणा गरेको थियो ।

यससँगै सन् २०१६ मा गठन भएको ओपेक प्लस गठबन्धनबाट पनि उक्त देश अलग भएको छ । ओपेक प्लसमा ओपेकका सदस्य राष्ट्रहरूसँगै अन्य १० देश सहभागी भएका थिए । संयुक्त अरब इमिरेट्स बाहिरिनुअघि ओपेक १२ सदस्य राष्ट्रहरूको समूह थियो, जसले प्रमुख तेल उत्पादक देशहरूको संगठनका रूपमा काम गर्दै सदस्य देशका लागि उत्पादन कोटा निर्धारण गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  2. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  3. १३ राजदूतका लागि ३ हजार आवेदन
  4. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  5. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  6. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  7. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  8. तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  9. मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  10. १० अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  11. ११ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  12. १२ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  13. १३ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  14. १४ लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार रकम ६ अर्ब ६७ करोड नाघ्यो
  15. १५ सरकारले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने