होमपेज > बैंकहरुको मुद्धति निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान

बैंकहरुको मुद्धति निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान

बिज्ञापन

नेपाल राष्ट्र बैंकले ७ अर्ब बढी रकम बैंक तथा वित्तीय संस्थाको मुद्धति निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्न लागेको हो । केन्द्रीय बैंकले जम्मा ७ अर्ब ३० करोड लगानी गर्न लागेको हो ।

बैंक तथा वित्तीय संस्थाले रकम लिनका लागि ३६६ दिनको मुद्दती निक्षेपको रुपमा लिन चाहेको रकम खुलाई ब्याजदर प्रस्ताव गर्न आह्वान गरेको छ । साथै उक्त ७ अर्ब ३० करोडमा वाणिज्य बैंकमा ५ अर्ब ८४ करोड राष्ट्रिय स्तरका विकास बैंकमा १ अर्ब ९ करोड ५० लाख र राष्ट्रिय स्तरका वित्त कम्पनीमा ३६ करोड ५० लाख लगानी गर्न लागेको हो ।

निक्षेप लिन चाहेको बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको र बैंकबाट तोकिएको न्यूनतम कुल पुँजीकोष कायम रहेको हुनुपर्नेछ । निष्कृय कर्जा कुल कर्जा सापटीको ८ प्रतिशत र खुद निष्कृय कर्जा अनुपात ३ प्रतिशत ननाघेको, बैंकले समय समयमा निर्धारण गरे बमोजिमको खुद तरल सम्पत्ति अनुपात कायम गरेको, कर्जा निक्षेप अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको, निकटतम अघिल्लो आर्थिक वर्षको नाफा नोक्सान हिसाव अनुसार खुद मुनाफामा रहेको हुनुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।

ब्याजदर प्रस्ताव गर्दा एक भन्दा बढी दर उल्लेख गर्न पाइने छैन भने तोकिएको मापदण्ड पूरा गरेका बैंक तथा वित्तीय संस्थाहरु मध्ये सबै भन्दा बढी ब्याजदर कवोल गर्ने संस्थामा प्रस्तावित रकम लगानी गरिने भएपनि समान उच्च ब्याजदर प्रस्ताव गर्ने संस्थाको संख्या दुई वा दुई भन्दा बढी भएको अवस्थामा कोषको लगानी नीतिमा तोके बमोजिमको प्रकृया पूरागरी लगानी गरिने संस्था छनौट गरिने केन्द्रीय बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  2. अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  3. ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  4. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  5. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  6. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  7. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  8. नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  9. नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  10. १० ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  11. ११ प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  12. १२ विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  13. १३ नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  14. १४ हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  15. १५ देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म