होमपेज > काठमाडौँ महानगरपालिकाद्वारा छात्रवृत्तिको लागि पुनः आवेदन आह्वान

काठमाडौँ महानगरपालिकाद्वारा छात्रवृत्तिको लागि पुनः आवेदन आह्वान

बिज्ञापन
काठमाडौँ महानगरपालिकाद्वारा छात्रवृत्तिको लागि पुनः आवेदन आह्वान

काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ को छात्रवृत्तिमा रिक्त रहेका सिटहरूमा भर्नाका लागि पुनः अनलाइन आवेदन आह्वान गरेको छ। प्रवेश परीक्षा दिएर पनि पहिलो र दोस्रो मनोनयन सूचीमा नपरेका विद्यार्थीहरूका लागि पुनः आवेदन खुलाइएको हो ।

महानगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै साउन १८ गते, साँझ ५:०० बजेभित्र अनलाइन आवेदन पेस गर्न आग्रह गरेको हो। यसअघि महानगरले साउन ४ गते प्रवेश परीक्षा सञ्चालन गरी साउन ६ गते पहिलो र साउन १३ गते दोस्रो मनोनयन सूची प्रकाशित गरेको थियो। ती दुई चरणबाट भर्ना भएर पनि विभिन्न शिक्षण संस्थाहरूमा सिटहरू खाली रहेपछि ‘ऱ्यापअप’ का रूपमा अन्तिम मनोनयनका लागि आवेदन खुलाइएको सूचनामा उल्लेख छ।

प्रवेश परीक्षामा सहभागी भएका तर पहिलो र दोस्रो सूचीमा नाम नआएका, शिक्षण संस्थामा समस्या भई विभागमा निवेदन दिएका वा अन्तिम मनोनयनमा समावेश हुन चाहेका सबै परीक्षार्थीहरूले पुनः आवेदन दिन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  2. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  3. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  4. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  5. १३ राजदूतका लागि ३ हजार आवेदन
  6. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  7. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  8. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  9. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  10. १० तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  11. ११ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  12. १२ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  13. १३ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  14. १४ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  15. १५ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा