होमपेज > कामना सेवा विकास बैंकद्वारा बुटवल क्षेत्रमा सामाजिक उत्तरदायित्व कार्यक्रमहरु सम्पन्न

कामना सेवा विकास बैंकद्वारा बुटवल क्षेत्रमा सामाजिक उत्तरदायित्व कार्यक्रमहरु सम्पन्न

बिज्ञापन

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो बुटवल क्षेत्र अन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको छ ।
बैंकले आफ्नो शाखा कार्यालय भैरहवा र मणिग्राम मार्फत समुदाय लक्षित सामाजिक कार्यक्रमहरू सञ्चालन गरेको हो ।

यस अन्तर्गत भैरहवा शाखामार्फत लुम्बिनी अपाङ्ग दृष्टिविहीन अनाथ आश्रमलाई तीन थान बेड तथा मणिग्राम शाखा मार्फत शान्ति नमुना माध्यमिक विद्यालयलाई जाडोयाम लक्षित न्यानो कपडा बुटवल क्षेत्र प्रमुख हेमन्त बाबु आचार्यले हस्तान्तरण गरे । कार्यक्रमका अवसरमा बुटवल क्षेत्र प्रमुख आचार्यले सामाजिक उत्तरदायित्व अन्तर्गत अनाथ आश्रममा रहेका दृष्टिविहीन व्यक्तिहरूका लागि बेड तथा आर्थिक रूपमा कमजोर र दृष्टिविहीन बालबालिकाहरू अध्ययनरत विद्यालयमा न्यानो कपडा वितरणमा बैंक सहभागी हुन पाएकोमा अत्यन्तै खुशी व्यक्त गरे।

सहयोग प्राप्त संस्थाहरूले बैंकद्वारा गरिएको यस मानवीय पहलप्रति खुशी व्यक्त गर्दै आभार प्रकट गरेका छन् । कार्यक्रममा सम्बन्धित संस्थाका प्रतिनिधिहरू, बैंकका कर्मचारीहरू तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो । यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका कार्यक्रमहरुलाई निरन्तरता दिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  2. विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  3. नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  4. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  5. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  6. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  7. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  8. १३ राजदूतका लागि ३ हजार आवेदन
  9. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  10. १० नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  11. ११ एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  12. १२ ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  13. १३ तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  14. १४ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  15. १५ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न