होमपेज > को बन्ला धितोपत्र बोर्डको अध्यक्ष? यस्ता छन् सर्त

को बन्ला धितोपत्र बोर्डको अध्यक्ष? यस्ता छन् सर्त

बिज्ञापन

नेपाल धितोपत्र बोर्डको नयाँ अध्यक्ष पदमा खुला प्रतिस्पर्धाबाट उम्मेदवार छनौट गरिने भएको छ । रिक्त स्थानमा नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले पदपुर्तिका लागि आवेदन दिन १५ दिने सूचना जारी गरेको छ । सिफारिस समितिले बुधबार सूचना जारी गर्दै रिक्त रहेको पदमा पदपुर्ति गर्न आवेदन दिन सूचना जारी गरेको हो ।

प्रथम पटक मिति २०८० फागुन १६ प्रकाशित सूचना भएको मितिबाट १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने सूचनामा उल्लेख छ । आवेदन दिन सकिने अन्तिम मिति यहि फागुन ३० गतेसम्म मात्रै रहेको छ ।

कति चाहिन्छ योग्यता?

धितोपत्र सम्बन्धि ऐन २०६३ को दफा ७ को उपदफा (२)बमोजिम मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तिमा पनि स्नातकोत्तर हासिल गरी, धितो पत्र बजार व्यवस्थापन, पूँजी विकास, आर्थिक वित्तिय, वाणिज्य व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तिमा ७ वर्ष काम गरेको प्रतिष्ठित व्यक्ति हुनुपर्ने एउटा सर्त छ ।

त्यसैगरी धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा १० बमोजिम नेपालको नागरिक, उच्च नैतिक चरित्र, धितो पत्र बजार व्यवस्थापन, पूँजी बिकास, आर्थिक बित्तिय, बाणिज्य व्यवस्थापन, वा कानुन क्षेत्रमा कम्तिमा ७ वर्षको पेशागत अनुभव हासिल गरेको हुनुपर्ने सर्त तोकिएको छ ।

अर्थमन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ ९ संशोधन सहित० ले तोके बमोजिम तीन वर्ष उमेर पुरा भई पैसठ्ठी वर्ष उमेर नाघेको भनिएको छ।

कस्ता व्यक्तिले आवेदन गर्न पाउँदैनन्?

भ्रष्टाचार सम्बन्धि शुद्धिकरण, मानव बेचबिखन, लागू औषध कारोबार, पुरातात्विक वस्तु वा वन्यजन्तु संरक्षण, सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाए पाएको व्यक्ति योग्य हुने छैनन् । त्यसैगरी, प्रचलित कानुन बमोजिमको सूचिमा समाबेश भई त्यस्ताम सूचीबाट फुकुवा भएको अवधि तीन वर्ष पूरा नभएको, कुनै बिदेशी मुलुकमा स्थायी आवासीय अनुमति प्राप्त गरेको र मानसिक सन्तुलन ठीक नभएको व्यक्ति पनि उम्मेदवार हुन पाउने छैनन्।

के–के चाहिन्छ कागजात?

दुई प्रति पासपोर्ट साइजको फोटो, नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन दिँदा व्यावसायिक कार्ययोजना उल्लखे गरी दरखास्त गरेको हुनुपर्ने भनिएको छ। यस्तै बार्डले जारी गरेका सूचनामा आवेदन दिँदा आवश्यक कागजात सँगै बाणिज्य बैंक सिंहदरबार शाखाको सक्कल रु ५ हजारको भौचर समेत साथमा हुनुपर्ने भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  2. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  3. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  4. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  5. १३ राजदूतका लागि ३ हजार आवेदन
  6. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  7. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  8. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  9. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  10. १० तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  11. ११ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  12. १२ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  13. १३ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  14. १४ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  15. १५ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा