होमपेज > जापानी कम्पनी योकोहामा टायर भित्रियो नेपाली बजारमा, केके छन् विशेषता?

जापानी कम्पनी योकोहामा टायर भित्रियो नेपाली बजारमा, केके छन् विशेषता?

बिज्ञापन

विश्वकै सर्वोत्कृष्ट टायरको रूपमा स्थापित योकोहामा टायर नेपाली बजारमा पनि भित्रिएको छ । अटो पार्टस इन्टरनेशनल(एपीआई)ले जापानी टायर कम्पनी योकोहामाका टायर नेपाल भित्राएको हो । नेपालका लागि आधिकारिक बिक्रेता एपीआईले योकोहामाले उत्पादन गरेका टायरहरू बिक्री वितरण गर्नेछ।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच योकोहामा टायर नेपाली बजारमा प्रवेश गरेको घोषणा गरिएको थियो । शुक्रबार ‘डिलर मिट’मार्फत् टायरको ‘लन्च’ गरिएको थियो । योकोहामा इन्डियाका प्रबन्ध निर्देशक हरिन्दर सिंहले योकोहामा समूहका लागि नेपाल महत्वपूणर् बजार रहेको भन्दै नेपालको भौगोलिक अवस्था र सडकअनुसार योकोहामाको टायर उपयुक्त र किफायती समबित हुने बताए । नेपालको भूगोलका लागि उपयुक्त टायर योकोहामा रहेको राबी गरेका उनले नेपाललाई विश्वस्तरीय टायर उपलब्ध गराउने प्रतिवद्धता समेत जनाए ।

अटो पाट्र्र्स इन्टरनेशनल ९एपीआई०का प्रबन्ध निर्देशक सगुन कंसाकारले योकोहामासँगको साझेदारीप्रति उत्साह व्यक्त गर्दै नवीनतम र गुणस्तरका लागि विश्व प्रख्यात योकोहामासँग सहकार्य गर्न पाउँदा आफूहरुले सम्मानित महशुस गरेको बताउँदै नेपाली उपभोक्तालाई स्तरीय सेवा प्रदान गर्ने र नेपालको अटोमोबाइल क्षेत्रको विकासमा योगदान गर्ने लक्ष्य आफ्नो रहेको बताए । १०७ वर्षको इतिहास बोकेको योकोहामाले आफ्नो उत्पादनमा सधैँ उत्कृष्टता दिने गरेको छ ।

सन् १९१७ मा स्थापना भएको यस कम्पनीले उत्कृष्ट टायर बनाउनुका साथै डिजाइन र प्रविधिमा समेत जोड दिने गरेको छ भने विश्वव्यापी रूपमा यसको उत्पादन र बजार विस्तार आक्रामक रहँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  2. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  3. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  4. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  5. १३ राजदूतका लागि ३ हजार आवेदन
  6. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  7. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  8. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  9. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  10. १० तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  11. ११ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  12. १२ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  13. १३ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  14. १४ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  15. १५ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा