होमपेज > कोशी प्रदेशस्तरीय अन्तरबैंक ब्याडमिन्टन प्रतियोगिताको उपाधि राष्ट्र बैंकलाई

कोशी प्रदेशस्तरीय अन्तरबैंक ब्याडमिन्टन प्रतियोगिताको उपाधि राष्ट्र बैंकलाई

बिज्ञापन

कोशी प्रदेशस्तरीय अन्तरबैंक ब्याडमिन्टन प्रतियोगितामा नेपाल राष्ट्र बैंकले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारेको छ।

नेपाल राष्ट्र बैंकमा क्रियाशील तीनवटा कर्मचारी युनियन नेपाल राष्ट्र बैंक कर्मचारी संघ, नेपाल वित्तीय संस्था कर्मचारी संघ, नेपाल राष्ट्रिय कर्मचारी संगठनले जेठ १६ / १७ गते विराटनगरको शहीद रंगशालास्थित कभर्ड हलमा संयुक्त रूपमा प्रतियोगिता आयोजना गरेका हुन् ।

बेष्ट अफ थ्रीको आधारमा खेलाइएको खेलमा प्राइम कमर्सियल बैंक लिमिटेडका सोनाम लामा र भेषराज भुजेलको जोडीलाई २१–१८ र २४–२२ को सोझो सेटमा पराजित गर्दै नेपाल राष्ट्र बैंकका रगेन्द्र साम्बा र सुजनकुमार विश्वकर्माको जोडीले उपाधि हात पारेका हुन् । प्रतियोगितामा नेपाल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंक तृतीय स्थान हासिल गर्न सफल भए ।

एभरेष्ट बैंक लिमिटेको मुख्य प्रायोजन, नबिल बैंक, हिमालयन बैंक र कृषि विकास बैंकको प्रायोजन तथा प्रभु बैंकको सहप्रायोजनमा सम्पन्न प्रतियोगितामा २१ वटा बैंक तथा वित्तीय संस्थाका कुल ३१ टिमको सहभागिता थियो । प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गरेका छन् ।

विजयी टिम तथा खेलाडीहरूलाई नेपाल राष्ट्र बैंकका निर्देशक शैलेन्द्र रेग्मी, एभरेष्ट बैंक लिमिटेड विराटनगर शाखाका प्रमुख विनय घिमिरे तथा रेफ्री लवभक्त श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  2. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  3. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  4. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  5. १३ राजदूतका लागि ३ हजार आवेदन
  6. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  7. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  8. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  9. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  10. १० तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  11. ११ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  12. १२ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  13. १३ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  14. १४ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  15. १५ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा