होमपेज > दशैंपछि उपत्यकामा एक करोडका धनमाल चोरी, ३३ लाख नगदसहित ६७ जुवाडे पक्राउ

दशैंपछि उपत्यकामा एक करोडका धनमाल चोरी, ३३ लाख नगदसहित ६७ जुवाडे पक्राउ

बिज्ञापन

दशैंपछिका २० दिनमा काठमाडौं उपत्यकामा करिब एक करोड बढीको धनमाल चोरी भएको छ । उपत्यका प्रहरी कार्यालयका अनुसार कात्तिक ११ देखि ३० गतेसम्म काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा ३७ चोरीका घटना हुँदा एक करोड ३ लाख ६६ हजार १९५ रुपैयाँ बराबरका धनमाल चोरी भएका हुन् ।

कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीका अनुसार काठमाडौंका २० ठाउँबाट २७ लाख ७९ हजार ४४५ रुपैयाँका धनमाल चोरी भएका छन् । ललितपुरका १० ठाउँबाट २५ लाख ३० हजार ७५० रुपैयाँका धनमाल चोरिएका छन् । त्यस्तै भक्तपुरका ७ ठाउँबाट ५० लाख ५६ हजार रुपैयाँका धनमाल चोरी भएको एसएसपी मैनालीले जानकारी दिए । यी घटनामा संलग्नताको आशंकामा प्रहरीले ७ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । यही २० दिनको अवधिमा काठमाडौंको ५ ठाउँमा लुटपाट भएको छ । लुटपाटमा संलग्नको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

दसैँ–तिहारमा ३३ लाख २२ हजार नगदसहित ६७ जुवाडे पक्राउ

यस वर्षको दसैँ र तिहारमा जुवातास खेल्ने ६७ जनालाई ललितपुर प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउ परेका जुवाडेहरूबाट ३३ लाख २२ हजार १३५ रुपैयाँ बरामद भएको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।

चाडपर्वको अवसरमा मनोरञ्जनबाहेक पैसा हारजित हुने खालको जुवातास खेलेको सूचनाका आधारमा उनीहरू पक्राउ परेको एसएसपी शाहको भनाइ छ । ‘हामीले आफ्नै घरमा मनोरञ्जनको लागि तास खेल्नेहरूलाई पक्राउ गरेका होइनौं । पैसा हारजित हुनेखालका जुवातास नियन्त्रण गरेका हौँ’, शाहले भने । यसरी पक्राउ परेकाहरूमा ५१ जना पुरुष र १६ जना महिलासमेत छन् । उनीहरूलाई ललितपुर प्रहरीले जुवाविरुद्ध मुद्दा चलाएको छ । पक्राउ परेकाहरूको साथबाट प्रहरीले ४५ बुक तास १६ थान कौडा, लंगुरबुर्जा र बाल्टिनसमेत बरामद गरेको छ ।

तिहारमा पक्राउ परेकालाई टीका लगाउन दिइयो

ललितपुर प्रहरीले तिहारमा पक्राउ परेका जुवाडेहरूलाई भने दिदीबहिनीको हातबाट टिका लगाउन छुट दिएको छ । अघिल्लो दिन पक्राउ परेका आठजनालाई भाइटिकाको दिन टिका लगाउन घर फर्काएको हो । जिल्ला प्रशासनको निर्णयअनुसार नै पक्राउ परेकाहरूलाई मुद्दा चलाएपनि पछि हाजिर हुने गरी छोडिएको हो ।

प्रहरीले प्रमाण नष्ट नहुने प्रकृतिको मुद्दामा हाजिर जमानीमा छोड्नु सामान्य प्रकृया भएको उनले बताए । एसएसपी शाहले भने, ‘तिहारअघि नै हामीले यो निर्णय गरेका हौँ । जुवातासमा पक्राउ पर्नेहरूलाई दिदीबहिनीको हातबाट लगाउने टिका नछुटोस् भन्ने हो । त्यहीँअनुसार गरेका हौँ । तर, उनीहरूलाई छोडेपनि जुवा मुद्दामा भने दर्ता गरेका छौंँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  2. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  3. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  4. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  5. १३ राजदूतका लागि ३ हजार आवेदन
  6. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  7. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  8. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  9. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  10. १० तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  11. ११ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  12. १२ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  13. १३ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  14. १४ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  15. १५ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा