होमपेज > दिपल ई०७ ‘ट्रान्सफर्मर एक्स’ सार्वजनिक हुँदै

दिपल ई०७ ‘ट्रान्सफर्मर एक्स’ सार्वजनिक हुँदै

बिज्ञापन

एसयूभी दिपल ई०७ लाई भित्र्याएको एमएडब्लू वृद्धिले यो क्रान्तिकारी ईभीको नयाँ ग्राउन्ड ब्रेकिङ संस्करण ट्रान्सफर्मर एक्स सार्वजनिक गर्ने तयारी गरिरहेको छ । ई०७ले एउटा बटन थिच्नेबित्तिकै प्रिमियम एसयूभीबाट पिकअपमा रुपान्तरण हुने अद्भुत क्षमतामार्फत एसयूभीको परिभाषा नै बदलिदिएको थियो । अब ट्रान्सफर्मर एक्स यसै नवप्रवर्तनलाई अझ उचाइमा पुर्‍याउँदै लक्जरी, स्मार्ट कम्फर्ट र क्षमताको नयाँ स्तर स्थापित गर्न तयार छ ।

यो नयाँ ई०७ मा एड्भान्स्ड एअर सस्पेन्सन सिस्टम रहेको छ । जसले म्याजिक कार्पेटको अनुभव दिलाउँछ । यस अत्याधुनिक प्रविधिमा अन्टिनियस ड्याम्पिङ कन्ट्रोल (सीडीएस), अधिकतम २२३ एमएमसम्म समायोजना गर्न सकिने ग्राउन्ड क्लेरेन्स साथै सहज राजमार्ग र कठिन भूभाग दुवैका लागि छुटाछुटै ड्राइभिङ मोडहरू उपलब्ध रहेको कम्पनीले जनाएको छ । नेपालका विविध सडक अवस्थामा उत्कृष्ट यात्रा कम्फर्ट र स्थिर ह्यान्डलिङ सुनिश्चित गर्छ ।

साथै, नयाँ ई०७ मा चारै यात्रुका लागि मसाज, हिटेड, भेन्टिलेटेड र वेलकमिङ सिट रहेको छ । जसले हरेक यात्रालाई फस्ट क्लास अनुभवमा परिणत गर्छ । प्रिमियम नाप्पा लेदर सिट, मेमोरीसहितको १४ वे पावर एड्जस्टेबल फ्रन्ट सिट र लामो यात्राका लागि विशेष जिरो ग्राभिटी रिल्याक्सेसन मोडले लक्जरी अनुभवलाई नयाँ उचाइमा पुर्‍याउनेछ ।

पछाडिका यात्रुहरूले पनि अझ बढी नियन्त्रण र सुविधा अनुभव गर्न सक्नेछन् । पछाडिको सिटबाटै ट्रंक र रियर डोम सञ्चालन, सिटको हिटिङ र भेन्टिलेसनको स्वतन्त्र नियन्त्रण, सनसेड र एअर कन्डिसनिङ एड्जस्टमेन्ट साथै छुटै रियर सिट फल्डिङ कन्ट्रोल सिस्टम उपलब्ध हुनेछ जसले पछाडिको क्याबिनलाई नै लक्जरी कमान्ड जोनमा रुपान्तरण गर्छ । यी सबै सुविधाले नयाँ दिपल ई०७ ट्रान्सफर्मर एक्सलाई हालसम्मकै उन्नत संस्करणका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  2. नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  3. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  4. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  5. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  6. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  7. १३ राजदूतका लागि ३ हजार आवेदन
  8. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  9. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  10. १० एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  11. ११ ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  12. १२ तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  13. १३ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  14. १४ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  15. १५ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल