होमपेज > दुबई उडेका गङ्गाबहादुर दर्नाल चार महिनापछि दिल्लीमा बेवारिसे भेटिए

दुबई उडेका गङ्गाबहादुर दर्नाल चार महिनापछि दिल्लीमा बेवारिसे भेटिए

बिज्ञापन

उदयपुरको कटारी नगरपालिका६ बगवतीका गङ्गाबहादुर दर्नाल वैदेशिक रोजगारीका लागि दुबई उडेको चार महिनापछि भारतको दिल्लीमा बेवारिसे अवस्थामा फेला परेका छन् ।

वैदेशिक रोजगार उद्धार नेपालले दर्नाललाई उद्धार गरी हाल काठमाडौँ ल्याएर शिक्षण अस्पतालमा उपचार गराइरहेको छ । उद्धार नेपालका अध्यक्ष इन्द्रलाल गोलेका अनुसार एक भारतीय नागरिकले सामाजिक सञ्जालमार्फत दर्नालको अवस्थाबारे जानकारी सार्वजनिक गरेपछि तत्काल उद्धार प्रक्रिया अघि बढाइएको हो ।

दर्नाल दुबई जान हिँडे पनि लामो समयसम्म परिवारको सम्पर्कमा नआएपछि खोजी सुरु गरिएको थियो । म्यानपावर कम्पनीमार्फत बुझ्दा स्वास्थ्यमा समस्या आएपछि एयरलाइन्सले उनलाई दिल्ली ट्रान्जिट गरी अस्पतालमा छाडेको जानकारी दिएको थियो । तर परिवारले अस्पतालमा खोजी गर्दा उनी फेला नपरेको जनाइएको थियो ।

कटारी नगरपालिका६ का वडाध्यक्ष प्रेम मगरले दर्नालको आर्थिक अवस्था कमजोर रहेकाले वडाबाट निःशुल्क उपचारका लागि आवश्यक प्रक्रिया पूरा गरी नगरपालिकामा सिफारिस पठाइसकेको बताए । “बेपत्ता भएपछि खोजीका लागि धेरै पहल गरियो, तर भेटिएको थिएन,” उनले भने, “सामाजिक सञ्जालमै दिल्लीमा अलपत्र परेको खबर आएपछि उद्धार गरेर काठमाडौँ ल्याएर उपचार भइरहेको छ।”

बेवारिसे अवस्थामा भेटिएका दर्नालको खुट्टाको औँला समेत काटिइसकेको अवस्थामा फेला परेको जनाइएको छ । उनी भारत ट्रान्जिट हुँदा कसरी छुटे वा कसरी दिल्लीमा अलपत्र परे भन्ने विषय अझै खुल्न नसकेको वडाध्यक्ष मगरले जानकारी दिए ।

यस घटनाले वैदेशिक रोजगारीका क्रममा श्रमिकहरूको सुरक्षा, ट्रान्जिट व्यवस्थापन र जिम्मेवार निकायहरूको भूमिकाप्रति गम्भीर प्रश्न खडा गरेको स्थानीयले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  2. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  3. १३ राजदूतका लागि ३ हजार आवेदन
  4. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  5. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  6. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  7. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  8. तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  9. मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  10. १० अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  11. ११ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  12. १२ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  13. १३ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  14. १४ लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार रकम ६ अर्ब ६७ करोड नाघ्यो
  15. १५ सरकारले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने