होमपेज > पाँच महिनामै रेमिट्यान्स ३५.६ प्रतिशतले वृद्धि, अर्थतन्त्रमा सकारात्मक संकेत

पाँच महिनामै रेमिट्यान्स ३५.६ प्रतिशतले वृद्धि, अर्थतन्त्रमा सकारात्मक संकेत

बिज्ञापन

आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा नेपाल भित्रिने विप्रेषण (रेमिट्यान्स) उल्लेखनीय रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनअनुसार मङ्सिर मसान्तसम्म विप्रेषण आप्रवाह ३५.६ प्रतिशतले वृद्धि भई ८७० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स वृद्धि दर केवल ४.७ प्रतिशत रहेको थियो। यसपटकको उच्च वृद्धिले मुलुकको वैदेशिक मुद्रा सञ्चिति, उपभोग तथा समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। राष्ट्र बैंकका अनुसार २०८२ साल मङ्सिर महिनामा मात्र १८३ अर्ब १८ करोड रुपैयाँ बराबरको विप्रेषण नेपाल भित्रिएको छ। अघिल्लो वर्षको सोही महिनामा यो रकम ११८ अर्ब ७९ करोड रुपैयाँ मात्र थियो।

अमेरिकी डलरमा हेर्दा पनि विप्रेषण आप्रवाह २९ प्रतिशतले वृद्धि भई ६ अर्ब १६ करोड डलर पुगेको छ। अघिल्लो वर्ष यस अवधिमा डलरमा विप्रेषण वृद्धि दर ३.४ प्रतिशत मात्रै रहेको थियो। त्यसैगरी समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ९५४ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ७०० अर्ब ४३ करोड रुपैयाँ थियो।

वैदेशिक रोजगारीतर्फ पनि उल्लेखनीय चहलपहल देखिएको छ। राष्ट्र बैंकका अनुसार पाँच महिनामा संस्थागत तथा व्यक्तिगत रूपमा नयाँ अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख ७५ हजार ५९१ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६३ हजार ९२४ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा नयाँ श्रम स्वीकृति लिने १ लाख ९० हजार ३८४ र पुनः श्रम स्वीकृति लिने १ लाख ३५ हजार ४२५ जना थिए। रेमिट्यान्स आप्रवाहमा आएको यो मजबुत वृद्धिले अर्थतन्त्रमा आशा जगाएको छ भने आगामी दिनमा वित्तीय स्थायित्व अझ सुदृढ हुने संकेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  2. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  3. १३ राजदूतका लागि ३ हजार आवेदन
  4. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  5. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  6. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  7. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  8. तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  9. मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  10. १० अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  11. ११ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  12. १२ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  13. १३ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  14. १४ लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार रकम ६ अर्ब ६७ करोड नाघ्यो
  15. १५ सरकारले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने