होमपेज > निक्षेप संकलनमा एनएमबी अगाडि, अन्य कुन बैंकको अवस्था कस्तो? (हेर्नुहोस् भिडियो)

निक्षेप संकलनमा एनएमबी अगाडि, अन्य कुन बैंकको अवस्था कस्तो? (हेर्नुहोस् भिडियो)

बिज्ञापन

पछिल्लो ८ महिनामा निक्षेप संकलन ४.९० प्रतिशतले वृद्धि हुँदा कर्जा प्रवाह ६.११ प्रतिशतले बढेको छ। नेपाल बैंकर्स एसोसिएसनका अनुसार चालु आवको फागुन मसान्तसम्म कुल निक्षेप संकलन ६० खर्ब ३७ अर्ब पुगेको छ भने कर्जा विस्तार ४८ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ।

गत असार मसान्तसम्म निक्षेप ५७ अर्ब ५४ अर्ब र कर्जा विस्तार ४५ खर्ब ७० अर्ब रुपैयाँ रहेको थियो। फागुन मसान्तसम्म बैंकहरुको औषत सीडी रेसियो ७९.२९ प्रतिशत रहेको छ। पछिल्लो ८ महिनामा कर्जा विस्तारमा एनएमबी बैंक र एभरेष्ट बैंक आक्रामक देखिएका छन्। एभरेष्टले २०.१५ प्रतिशत कर्जा प्रवाह बढाउँदा एनएमबीले १४.२४ प्रतिशतले कर्जा विस्तार वृद्धि गरेको छ। कर्जा प्रवाहमा एनआईसी एसिया र स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल कमजोर देखिएका छन्।

एशोसिएसनको तथ्यांक अनुसार एनआईसी एसियाको कर्जा विस्तार १२.४२ प्रतिशतले घटेको छ भने स्ट्यान्डर्ड चार्टर्डको कर्जा विस्तार ४.२७ प्रतिशतले खुम्चिएको छ। उसो त एनआईसी एसिया निक्षेप संकलनमा पनि सुस्ताएको छ। पछिल्लो ८ महिनामा यस बैंकको निक्षेप १७.१६ प्रतिशतले घटेको छ। गत असार मसान्तसम्म बैंकको कुल निक्षेप ३ खर्ब ६० अर्ब रुपैयाँ थियो, फागुनको मसान्तसम्म आइपुग्दा २ खर्ब ९८ अर्ब रुपैयाँमा खुम्चिएको छ।

एनएमबी र एभरेष्ट बैंक निक्षेप संकलनमा पनि अगाडि देखिएका छन्। एनएमबीको निक्षेप १७.५१ प्रतिशतले वृद्धि हुँदा एभरेष्टको १४.७८ प्रतिशतले वृद्धि भएको छ। ​​​​​​​ निक्षेप संकलन भन्दा कर्जा प्रवाहमा आक्रामक देखिएको माछापुच्छ्रे बैंकको सीडी रेसियो ८५.६५ प्रतिशतमा पुगेको छ। यस बैंकको निक्षेप ४.१८ र कर्जा विस्तार १०.७१ प्रतिशतले वृद्धि भएको छ।

यता, राष्ट्रिय वाणिज्य बैंकको सीडी रेसियो ६३.८६ प्रतिशत कायम छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  2. विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  3. नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  4. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  5. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  6. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  7. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  8. १३ राजदूतका लागि ३ हजार आवेदन
  9. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  10. १० नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  11. ११ एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  12. १२ ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  13. १३ तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  14. १४ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  15. १५ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न