होमपेज > निरन्तर घट्दै शेयर बजार

निरन्तर घट्दै शेयर बजार

बिज्ञापन

यो साताको कारोबारको लगातार तेस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ। अघिल्लो साता पनि लगातार घटेर नेप्से परिसूचक अन्तिम कारोबार दिन केही अङ्कले बढेको थियो। तर यो साता कारोबारका सबै दिन पुनः परिसूचक ओरालो लागेको छ।

आज नेप्से परिसूचक सात दशमलव ६६ अङ्कले घटेर दुई हजार छ सय ९७ दशमलव ०४ को बिन्दुमा कायम भएको छ। आज तीन सय १३ कम्पनीको ८२ लाख ३७ हजार नौ सय दुई कित्ता शेयर ५० हजार आठ सय ३४ पटक खरिदबिक्री हुँदा रू चार अर्ब ३४ करोड ६६ लाख ३२ हजार बराबरको कारोबार भएको हो।

आजको कारोबारमा अन्य समूहको उपसूचक शून्य दशमलव ११ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ। बैंकिङ समूह शून्य दशमलव १४, विकास बैंक शून्य दशमलव ४२, वित्त शून्य दशमलव १७, होटल तथा पर्यटन शून्य दशमलव ३६, जलविद्युत् शून्य दशमलव १७, लगानी शून्य दशमलव ४२ र जीवन बीमा समूह शून्य दशमलव ७० प्रतिशतले घटेको हो। त्यसैगरी, उत्पादन तथा प्रशोधन शून्य दशमलव २३, लघुवित्त शून्य दशमलव ३१, म्युचुअल फन्ड शून्य दशमलव ३७, निर्जीवन बीमा शून्य दशमलव ५४ र व्यापार समूह शून्य दशमलव ६६ प्रतिशतले घटेको छ।

आजको कारोबारमा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ९६ र प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आठ दशमलव २१ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रू ३२ करोड ११ लाख १७ हजार आठ सय ९२ बराबरको शेयर किनबेच भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमासबैभन्दा धेरै घलेम्दी हाईड्रो लिमिटेडको सात लाख ६८ हजार पाँच सय ४३ कित्ता शेयर किनबेच भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  2. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  3. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  4. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  5. १३ राजदूतका लागि ३ हजार आवेदन
  6. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  7. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  8. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  9. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  10. १० तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  11. ११ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  12. १२ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  13. १३ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  14. १४ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  15. १५ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा