होमपेज > नेपालकै पहिलो लन्ड्री लाउन्ज-एलजीद्वारा सञ्चालित

नेपालकै पहिलो लन्ड्री लाउन्ज-एलजीद्वारा सञ्चालित

बिज्ञापन

सिजी इलेक्ट्राेनिकले आफ्नो साझेदार Classy Clean सँग मिलेर एलजीद्वारा सञ्चालित नेपालकै पहिलो लन्ड्री लाउन्ज काठमाडौँको कार्यविनायक, भैंसेपाटीमा सञ्चालनमा ल्याएको छ।

लन्ड्री लाउन्ज भनेको एजलीका प्रोफेसनल–ग्रेड वासर र ड्रायरमा आधारित एक आधुनिक व्यावसायिक लन्ड्रोम्याट अवधारणा हो। एलजी लन्ड्री लाउन्जले अत्याधुनिक एलजी प्रोफेसनल उपकरणहरू र आकर्षक भिजुअल पहिचानलाई एकै ठाउँमा समेट्दै लन्ड्रोम्याटको नयाँ र नविन अनुभव प्रदान गर्दछ।

यो साझेदारीमा आधारित लन्ड्रोम्याट मोडलले पूर्ण व्यवसायिक समाधान उपलब्ध गराउनुका साथै ग्राहकहरूलाई आकर्षित गर्दछ। यहाँ लुगा धुने काम केवल दैनिकी मात्र नभई, आरामदायी र डिजाइनर शैलीमा सजाइएको वातावरणमा रमाइलो अनुभव बन्छ।

यस लन्ड्री लाउन्जको सञ्चालन सिजीका साझेदार Classy Clean ले गरिरहेको छ भने यसमा एलजी कमर्सियल लन्ड्री सिस्टम जडान गरिएको छ, जसले उच्च गुणस्तरीय र प्रोफेसनल धुने तथा सुकाउने सेवा प्रदान गर्दछ।

एलजीका कमर्सियल लन्ड्री मेसिनहरूले भरपर्दो सरसफाइ, प्रभावकारी धुने र सुकाउने प्रक्रिया, पानी तथा ऊर्जाको दक्ष प्रयोग, र कपडाको राम्रो हेरचाह सुनिश्चित गर्छन्। ड्रायरहरूले उच्च तापक्रमको हावाको प्रयोग गरी कपडालाई स्यानिटाइज समेत गर्छन्।

ग्राहकहरूले हप्ताको ७ दिन बिहान ८:०० बजेदेखि बेलुका ७:०० बजेसम्म सेवा लिन सक्नेछन्। साथै, ड्रप अफ र पिक अप सुविधासमेत उपलब्ध छ। यस लन्ड्री लाउन्जको उद्घाटन चौधरी ग्रुप का प्रबन्ध निर्देशक निर्वाण चौधरी तथा LG Bangladesh का प्रबन्ध निर्देशक जेराल्ड चुन द्वारा संयुक्त रूपमा गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  2. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  3. तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  4. मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  5. अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  6. अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  7. प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  8. सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  9. लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार रकम ६ अर्ब ६७ करोड नाघ्यो
  10. १० सरकारले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने
  11. ११ वाणिज्य बैंकहरूको औसत आयकर योगदान २३ अर्ब ३१ करोड रुपैयाँ
  12. १२ रोपाइँ गरिरहेका बेला पहिरो खस्दा आधा दर्जन किसान घाइते, एकको अवस्था गम्भीर
  13. १३ जानकी मन्दिर प्रवेश गर्न खोज्दा हर्क साम्पाङको विरोध, समर्थकलाई लखेटिएपछि दर्शन नगरी फर्किए
  14. १४ सामाजिक सुरक्षा कोषमा एक खर्ब १६ अर्बभन्दा बढी रकम जम्मा
  15. १५ China’s Moonshot and Alibaba Escalate AI Race With Powerful Open-Source Models