होमपेज > नेपाली नागरिक विपिन जोशी जीवित छैनन् – इजरायली सेना

नेपाली नागरिक विपिन जोशी जीवित छैनन् – इजरायली सेना

बिज्ञापन

इजरायली सेनाले हमासद्वारा अपहरणमा परेका नेपाली नागरिक विपिन जोशी जीवित नरहेको पुष्टि गरेको छ। इजरायली सेनाले आइतबार इजरायलका लागि नेपालका राजदूत धनप्रसाद पण्डित र विपिन जोशीका परिवारसँग भिडियो कन्फ्रेन्समार्फत उनको मृत्युबारे जानकारी गराएको हो।

राजदूत पण्डितका अनुसार, इजरायली पक्षले विपिन जोशी जीवित नरहेको औपचारिक रूपमा सूचित गरेको छ, तर उनको शवको अवस्थाबारे हालसम्म कुनै जानकारी प्राप्त भएको छैन। गत वर्ष अक्टोबरमा हमासले इजरायलमाथि गरेको आक्रमणका क्रममा नेपालका दश विद्यार्थीमध्ये विपिन जोशी अपहरणमा परेका थिए। उनी अन्य नौ जनासँग इस्रायलको कृषि प्रशिक्षण कार्यक्रममा सहभागी हुन पुगेका थिए।

यसैबीच, इजरायलहमासबीच भएको युद्धविराम सम्झौता अन्तर्गत आज २० जना जीवित बन्धकहरू रिहा हुने भएका छन्। टाइम्स अफ इजरायलका अनुसार, बन्धक रिहाइको तयारीसँगै सीमाक्षेत्रमा परिवारजन र सर्वसाधारणको भीड बढेको छ।

हमासको सैन्य शाखाले आज रिहा गर्न लागेका २० जना जीवित बन्धकहरूको नामसूची सार्वजनिक गरेको छ। तर उक्त सूचीमा नेपालका विपिन जोशी र इजरायली सैनिक तामिर निम्रोडीका नाम समावेश छैनन्। पहिले कतिपय स्रोतले दुवै जीवित रहेको दाबी गरेका थिए, तर रिहाइ सूचीमा नाम नआएपछि विपिनको अवस्थाबारेको अन्योल अन्त्य भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  2. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  3. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  4. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  5. १३ राजदूतका लागि ३ हजार आवेदन
  6. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  7. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  8. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  9. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  10. १० तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  11. ११ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  12. १२ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  13. १३ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  14. १४ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  15. १५ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा