होमपेज > नेपाली बजारमा चीनबाट आउन थाल्यो किवी, कति पर्छ मूल्य?

नेपाली बजारमा चीनबाट आउन थाल्यो किवी, कति पर्छ मूल्य?

बिज्ञापन

नेपाली बजारमा छिमेकी मुलुक चीनबाट किवी आउन थालेको छ।

एक सातादेखि बजारमा चिनियाँ किवी आउन थालेको नेपाल फलफूल थोक व्यवसायी संघ, काठमाडौंका उपाध्यक्ष मेघनाथ चौलागाईंले जानकारी दिए। ‘चिनियाँ किवी आउन थालेको एक साता भयो,’ उनले भने। उनका अनुसार अहिले किवी बजारमा थोक मूल्य प्रतिकिलो तीन सयदेखि तीन सय ५० रूपैयाँमा बिक्री भइरहेको छ।

चिनियाँ किवी सकेपछि नेपाली किवी बजारमा आउन थाल्ने छ। भदौदेखि नेपाली किवी बजारमा आउन थाल्ने उनको भनाइ छ। उनका अनुसार नेपाली किवी पुससम्म आउनेछ। ‘नेपाली किवी सकिएपछि भारतबाट आउन थाल्छ,’ उनले भने। भारतीय किवी अगाडि नै आएपनि उपभोक्ताले नेपाली उत्पादन नै रोज्ने उनले जानकारी दिए।

‘आउन त नेपाली किवी हुँदा पनि थोरै थोरै आउँछ तर उपभोक्ताले नै नेपाली रोज्छन्,’ उनले भने, ‘यहाँको उत्पादन भएसम्म भारतीय बिक्दैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  2. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  3. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  4. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  5. १३ राजदूतका लागि ३ हजार आवेदन
  6. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  7. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  8. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  9. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  10. १० तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  11. ११ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  12. १२ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  13. १३ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  14. १४ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  15. १५ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा