होमपेज > नेपाल क्लियरिङ्ग हाउसद्वारा सञ्चालित नेपालपे नेशनल कार्ड स्किम विदेशमा समेत स्वीकार्य हुने

नेपाल क्लियरिङ्ग हाउसद्वारा सञ्चालित नेपालपे नेशनल कार्ड स्किम विदेशमा समेत स्वीकार्य हुने

बिज्ञापन

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले डिसकभर नेटवर्कसँगको सहकार्यमा नेपालको नेशनल कार्ड स्किम, नेपालपे कार्ड, को कमर्शियल रोलआउट शुरु गरिएको घोषणा गरेको छ ।

नेशनल पेमेन्ट स्विच परियोजना अन्तर्गत नेशनल कार्ड स्विच र डिसकभर नेटवर्क पूर्ण रूपमा सञ्चालनमा ल्याइएको हो जसबाट बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने नेपाल पे कार्डहरू नेपाल भरिका एटीएम र पीओएस टर्मिनलमा मात्र नभई विश्वव्यापी रूपमा प्रयोग गर्न सकिने भएको छ ।

उक्त सहकार्य पश्चात् नेपालपे कार्डका प्रयोगकर्ताहरूले डिसकभर नेटवर्क र डिनर क्लब इन्टरनेशनलको विश्वभरी संयुक्त रूपमा रहेका १९० भन्दा बढी देश तथा क्षेत्रहरूमा उक्त कार्डको प्रयोग गर्न सक्नेछन् भने नेपालका मर्चेन्टहरूले ३० भन्दा बढी नेटवर्क एलायन्सहरू तथा डिनर क्लब कार्डहरूमा आबद्ध विश्वभरका ३७८ मिलियन भन्दा बढी कार्डहरूबाट भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

हालसम्म ३४ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरूले एनपिएस–नेशनल कार्ड स्वीच (एनसिएस) र नेपालपेको प्रिन्सिपल सदस्यताका लागि सम्झौता गरिसकेका छन् भने अन्य संस्थाहरू पनि क्रमशः थपिने क्रममा रहेको छ ।

एनपिएस–एनसिएसमा कार्ड सम्बन्धी कारोबारको अन्तरआवद्धताका साथै राउटिङ्ग, सेटलमेन्ट, डिस्प्यूट ह्यानडिलिङ्ग तथा एकिकृत रिपोर्टिङ्ग जस्ता विशेषताहरु रहेका छन् ।

नेपालको भुक्तानी प्रणालीहरूलाई आधुनिकीकरण गर्ने उद्देश्य सहित लागू गरिएको एनपिएस परियोजना अन्तर्गत रिटेल पमेन्ट स्वीच (आरपिएस) र क्रस–बोर्डर इन्टरफेस नोभेम्बर २०२१ देखि नै कार्यान्वयनमा आइसकेका छन् । एनसिएस र नेपालपे कार्डले स्वदेशी कार्ड कारोबारमा लागत घटाउने, डाटा लोकलाइजेसन कार्यान्वयन गर्ने तथा डिजिटल इकोसिस्टममा नवप्रवर्तनलाई प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ ।

एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधान भन्छन्, “नेशनल पेमेन्ट स्वीच को स्थापना र नेपालपे कार्डको कमर्शियल रोलआउटले नेपालको डिजिटल यात्रामा एक महत्त्वपूर्ण रूपान्तरण ल्याएको छ । यस पहलले अन्तरआवद्ध भुक्तानी इकोसिस्टम निर्माण गर्नुका साथै नवप्रवर्तनका लागि बलियो आधार तयार पर्नेछ । डिसकभर नेटवर्कसँगको हाम्रो साझेदारीले विश्वव्यापी स्वीकार्यता सहित सुरक्षित, भरपर्दो र अन्तर्राष्ट्रिय स्तरको भुक्तानी कार्ड स्किम प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई दर्शाउँछ ।”

डिसकभर, इन्टरनेशल मार्केट्सका भाइस प्रेसिडेन्ट शुभ्रजित बसु भन्छन्, “नेपालपेसँगको यो रणनीतिक सहकार्यले एशिया–प्रशान्त क्षेत्रमा हाम्रो उपस्थिति र सेवालाई विस्तार गर्न सहयोग पु¥याउनेछ । साथै, प्रत्येक कारोबारसँगै, मर्चेन्ट र कार्ड प्रयोगकर्ताहरूले गुणस्तरीय र सुरक्षित भुक्तानीको सेवामामा पहुँच प्राप्त गर्नेछन् ।”

एनसीएचएल ८ पुस, २०६५ मा नेपाल राष्ट्र बैंकको नेतृत्व तथा मार्गनिर्देशनमा पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापना भएको कम्पनी हो । यसमा केन्द्रिय बैंक तथा बैंक वित्तीय संस्थाहरुको लगानी रहेको छ । यसको मुख्य उद्देश्य भनेको विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरु सञ्चालन तथा कार्यान्वयन गर्नु हो । एनसीएचएलले डिजिटल अर्थतन्त्रलाई अगाडि बढाउन बैंकिङ तथा वित्तीय प्रविधि तथा सेवाहरूलाई विस्तार गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  2. विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  3. नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  4. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  5. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  6. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  7. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  8. १३ राजदूतका लागि ३ हजार आवेदन
  9. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  10. १० नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  11. ११ एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  12. १२ ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  13. १३ तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  14. १४ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  15. १५ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न