नेपाल टेलिकम लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । पुस ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृत भई अगाामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।

