होमपेज > नेपाल टेलिकमले ल्यायो आकर्षक प्याकेज

नेपाल टेलिकमले ल्यायो आकर्षक प्याकेज

बिज्ञापन

 

नेपाल टेलिकमले आफ्ना ग्राहकहरूका लागि जिएसएम मोबाइल तथा एफटिटिएच (फाइबर टु द होम) मा विभिन्न आकर्षक प्याकेजहरू उपलब्ध गराएको छ।

अब सजिलो अनलिमिटेड प्रिपेड तथा पोस्टपेड योजना अन्तर्गत ५९९ रूपैयाँमा कम्पनीकै नेटवर्कमा असीमित कल गर्न सकिने (अनलिमिटेड अन–नेट भ्वाइस) तथा अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिने (अफ–नेट भ्वाइस) सेवा सहितको सजिलो ५९९ भ्वाइस प्याक उपलब्ध हुनेछ।

त्यसैगरी सजिलो ६३६ प्याक अन्तर्गत ६३६ रूपैयाँमा अनलिमिटेड अन–नेट भ्वाइस, १५० मिनेट अफ–नेट भ्वाइस तथा १०० अन–नेट एसएमएसका साथै ९ जिबी डेटा सेवा उपलब्ध हुनेछ। यसका साथै सजिलो ७९९ प्याकमा अनलिमिटेड अल–नेट भ्वाइस, ३० जिबी डेटा र १५० अन–नेट एसएमएस सेवा उपलब्ध हुनेछ भने सजिलो ९९९ प्याकमा अनलिमिटेड अल–नेट भ्वाइस सेवा, ६० जिबी डेटा र २०० अन–नेट एसएमएस सेवा उपलब्ध हुनेछ। कम्पनीले उच्च मात्रामा भ्वाइस तथा डेटा सेवा प्रयोग गर्ने सेवाग्राहीको मागलाई मध्यनजर गरी सजिलो १४९९ प्याक र सजिलो १९९९ प्याक पनि सञ्चालनमा ल्याएको छ।सबै प्याकेजहरूमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने गरी समयावधि तोकिएको छ।

यसका साथै अन्य आकर्षक प्याकेजहरू समेत कायम राखिएको छ।

इन्डिया भ्वाइस कल प्याकेजअन्तर्गत ८० रूपैयाँमा १ दिन प्रयोग सकिने २० मिनेटको भ्वाइस सेवा उपलब्ध हुनेछ भने २७० रूपैयाँमा ७ दिनसम्म प्रयोग गर्न सकिने ७५ मिनेटको भ्वाइस सेवा उपलब्ध हुनेछ। त्यसैगरी एफटिटिएचका विभिन्न प्याकेजलाई अझै ग्राहकमैत्री बनाइएको छ।

प्रिमियम एफटिटिएच प्याकेजहरूमा डेटा मात्र, बेसिक आइपिटिभी तथा प्रिमियम आइपिटिभीका प्याकेजहरू, भ्वाइस सेवा मात्र प्रयोग गर्ने ग्राहकहरूका लागि बेसिक आइपिटिभी तथा प्रिमियम आइपिटिभी प्याकेजहरू र एक्सजिपिओएन प्याकेजहरूमा डेटा मात्र, बेसिक आइपिटिभी तथा प्रिमियम आइपिटिभीका प्याकेजहरू समेत सुलभ दरमा उपलब्ध हुनेछन्। ग्राहकले आफ्नो मोबाइलबाट *१४१५# ‍डायल गरेर वा ‘नेपाल टेलिकमु एपको प्रयोगबाट विभिन्न प्याकेजहरूसम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सक्नेछन्।

त्यसैगरी, कम्पनीको वेबसाइट मार्फत् पनि यस सम्बन्धमा विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिने टेलिकमको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  2. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  3. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  4. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  5. १३ राजदूतका लागि ३ हजार आवेदन
  6. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  7. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  8. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  9. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  10. १० तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  11. ११ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  12. १२ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  13. १३ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  14. १४ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  15. १५ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा