होमपेज > नेप्से परिसूचक साढे १ प्रतिशतले उक्लियो, कारोबार रकममा उल्लेख्य वृद्धि
साताको नेप्से:

नेप्से परिसूचक साढे १ प्रतिशतले उक्लियो, कारोबार रकममा उल्लेख्य वृद्धि

बिज्ञापन

यस साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करिब साढे १ प्रतिशतले बढेर बन्द भएको छ । गत साता २५८५.८७ विन्दुमा बन्द भएको नेप्से परिसूचक यो साता १.३६ प्रतिशत अर्थात् ३५.०५ अंकले वृद्धि भई २६२०.९२ विन्दुमा पुगेको हो ।

यो साता बजार चार कारोबार दिन खुलेको थियो । जसमध्ये दुई दिन नेप्से बढेको थियो भने दुई दिन घटेको थियो । नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स ५.७६ अंक, फ्लोट इण्डेक्स २.५७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८२ अंकले बढेका छन् ।

नेप्से परिसूचकसँगै कारोबार रकम पनि उल्लेख्य रूपमा बढेको छ । गत साता दैनिक औसत ३ अर्ब ६७ करोड रुपैयाँको सेयर कारोबार भएको बजारमा यस साता दैनिक औसत ५ अर्ब ३ करोड रुपैयाँको सेयर किनबेच भएको छ । यो रकम गत साताको तुलनामा ३७.१२ प्रतिशतले बढी हो । यस साता दैनिक औसत सेयर संख्या २८.९७ प्रतिशतले बढेको छ भने दैनिक औसत कारोबार संख्या १.४५ प्रतिशतले घटेको छ ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब साढे १ प्रतिशतले बढेको छ । गत साताको अन्तिम कारोबार दिन ४३ खर्ब ४१ अर्ब रुपैयाँ रहेको कुल बजार पूँजीकरण, यस साता ५८ अर्ब रुपैयाँले बढेर ४४ खर्ब रुपैयाँ पुगेको छ ।

१३ उपसमूहमध्ये यस साता १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सबैभन्दा बढी ३.०९ प्रतिशतले बढेको छ । गत साता ८२८६.६६ विन्दुमा बन्द भएको उक्त उपसमूह २५६.१४ अंकले उक्लिँदै ८५४२.८० विन्दुमा पुगेको हो । जीवन बीमा उपसमूहको परिसूचक भने सबैभन्दा कम ०.८० प्रतिशतले मात्र बढेको छ ।

यस साता व्यापार उपसमूहको परिसूचक ०.६७ प्रतिशतले घट्दै सबैभन्दा कमजोर प्रदर्शन गर्ने उपसमूह बनेको छ । गत साता ३७८३.३८ विन्दुमा बन्द भएको सो उपसमूह २५.३६ अंक घटेर ३७५८.०२ विन्दुमा झरेको छ ।

समग्रमा, नेप्से परिसूचक र कारोबार रकम दुवैमा सुधार देखिनुले लगानीकर्ताको मनोबल विस्तारै बढ्दै गएको संकेत गरेको बजार विश्लेषकहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  2. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  3. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  4. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  5. १३ राजदूतका लागि ३ हजार आवेदन
  6. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  7. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  8. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  9. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  10. १० तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  11. ११ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  12. १२ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  13. १३ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  14. १४ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  15. १५ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा