होमपेज > नेशनल लाइफ इन्स्योरेन्सको ‘सफलताको सुरुवात’ कार्यक्रम सम्पन्न

नेशनल लाइफ इन्स्योरेन्सको ‘सफलताको सुरुवात’ कार्यक्रम सम्पन्न

बिज्ञापन

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूको लागि १ रात २ दिनको ‘सफलताको सुरुवात’ कार्यक्रम पोखरास्थित होटल पोखरा ग्राण्डमा सम्पन्न गरेको छ।

भदौ महिनामा सञ्चालन भएको मासिक योजनाअन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरूलाई नेपाली सिने जगतका चर्चित कलाकार महानायक राजेश हमालका प्रेरणात्मक विचार तथा अनुभव सुनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको उपस्थितिमा सम्पन्न कार्यक्रममा विभागीय प्रमुख, प्रदेश प्रमुख, विभिन्न शाखाका प्रमुखसहित देशैभरीबाट करिब ३०० जना उत्कृष्ट अभिकर्ताहरू सहभागी भएका थिए।

कार्यक्रमको उद्घाटन पानसमा द्विप प्रज्वलन गरी गरिएको थियो। प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले अभिकर्ताहरूको योगदान कम्पनीलाई अग्रस्थानमा पुर्‍याउन महत्त्वपूर्ण भएको उल्लेख गर्दै नयाँ योजना तथा उच्च प्राथमिकताका कार्यक्रमहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा सहभागी अभिकर्ताहरूलाई सम्मान पत्र प्रदान गरिएको थियो भने बजार विभाग प्रमुख विवेक शर्माले सेल्स स्किलसम्बन्धी प्रशिक्षण पनि प्रदान गरे ।

महानायक राजेश हमालले कार्यक्रममा आफूले सिनेजगतमा अनुभव गरेको संघर्ष, निरन्तरता र जिम्मेवारीप्रति समर्पणको महत्वबारे चर्चा गर्दै जुनसुकै पेशामा निरन्तरता राख्दा उत्कृष्टता हासिल गर्न सकिने बिचार व्यक्त गरे।

कार्यक्रम मनोरञ्जनात्मक प्रस्तुतीसहित सम्पन्न भएको थियो र सहभागी अभिकर्ताहरूले महानायक हमालसँग साक्षात्कार गर्ने अवसर पाउँदा आभार व्यक्त गर्दै यस प्रकारका कार्यक्रमहरूले वृत्ति विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  2. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  3. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  4. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  5. १३ राजदूतका लागि ३ हजार आवेदन
  6. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  7. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  8. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  9. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  10. १० तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  11. ११ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  12. १२ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  13. १३ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  14. १४ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  15. १५ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा