होमपेज > पोशाक उद्योगले हजारौँलाई रोजगारी दिएको छ : मन्त्री दामोदर भण्डारी

पोशाक उद्योगले हजारौँलाई रोजगारी दिएको छ : मन्त्री दामोदर भण्डारी

बिज्ञापन

नेपालका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाली तयारी पोशाक उद्योगले हजारौँलाई रोजगारी दिएको भन्दै यसको प्रशंसा गरेका छन्। नेपाल तयारी पोशाक उद्योग संघको ३०औँ वार्षिक साधारणसभामा बोल्दै उनले यो उद्योगले रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताए।

मन्त्री भण्डारीले स्वदेशी उत्पादन, स्थानीय सीपको विकास, गुणस्तरीय उत्पादन, ब्रान्ड निर्माण र निर्यात विस्तारका लागि सरकारले आवश्यक नीति तथा कार्यक्रम ल्याउने प्रतिबद्धता जनाए।

कार्यक्रममा नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले स्वदेशी उत्पादन प्रवर्द्धन गर्दा अर्थतन्त्र बलियो हुने बताए भने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गणेश पराजुलीले सरकारले सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने धारणा राखे।

संघका अध्यक्ष पशुपति देव पाण्डेले तयारी पोशाक उद्योगले पुनः लय समातिरहेको भन्दै हालको १० अर्ब रुपैयाँको निर्यातलाई आगामी वर्ष ३० अर्बमा पुर्‍याउन सरकारले प्राथमिकता दिनुपर्ने माग गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  2. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  3. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  4. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  5. १३ राजदूतका लागि ३ हजार आवेदन
  6. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  7. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  8. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  9. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  10. १० तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  11. ११ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  12. १२ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  13. १३ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  14. १४ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  15. १५ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा