होमपेज > प्रहरीको घरदेखि पसलसम्म लाखौँको धनमाल चोरी, स्थानीय त्रसित
सप्तरी श्रृंखलाबद्ध चोरी :

प्रहरीको घरदेखि पसलसम्म लाखौँको धनमाल चोरी, स्थानीय त्रसित

बिज्ञापन

सप्तरी सदरमुकाम राजविराजको हिमालय टोलमा मंगलबार मध्यराति एकैसाथ आधा दर्जन स्थानमा श्रृंखलाबद्ध चोरी भएको छ। राजविराज नगरपालिका–८ स्थित उक्त टोलमा प्रहरीको घरदेखि साइकल मर्मत पसल र होटलसम्म चोरी भएपछि स्थानीयवासी त्रसित बनेका छन्।

चोरीको घटनामा राजविराज–८ की सविता माझी, घनश्याम दास तथा मधेश प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय राजविराजमा कार्यरत वरिष्ठ प्रहरी हवलदार परशुराम मण्डलको घरबाट लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी भएको जनाइएको छ।

यसैगरी, सोही टोलमा रहेका मो. युनुसको साइकल मर्मत पसल, इनर साहद्वारा सञ्चालित मनोज पान पसल तथा विनोद साहको विनोद होटलमा समेत चोरी भएको सम्बन्धित व्यक्ति र परिवारजनले जानकारी दिएका छन्।

पीडित परिवारका अनुसार सविता माझीको घरबाट सुन–चाँदीका गरगहना गरी करिब ३ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ। वरिष्ठ प्रहरी हवलदार परशुराम मण्डलको घरबाट सुन–चाँदीका गरगहना तथा नगद ९५ हजार रुपैयाँसहित करिब १३ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको परिवारजनले बताएका छन्।

यस्तै, घनश्याम दासको घरबाट चाँदीका गरगहना र नगद १५ हजार, मो. युनुसको साइकल मर्मत पसलबाट १० हजार, मनोज पान पसलबाट १४ हजार तथा विनोद होटलबाट ८ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको जनाइएको छ।

निर्वाचन नजिकिँदै गर्दा नगर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको दाबी भइरहेकै बेला एकै रात आधा दर्जन स्थानमा चोरी भएको घटनाले स्थानीयमा असुरक्षाको भावना बढाएको छ। स्थानीयवासीहरूले प्रहरी गस्ती थप प्रभावकारी बनाउन तथा नगरका भित्री सडकहरूमा सिसिटिभी क्यामरा जडान गर्न माग गरेका छन्।

चोरीको खबर पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरी टोलीले स्थानीयवासीसँग सोधपुछ गर्नुका साथै पीडित घरधनी र पसल सञ्चालकबाट आवश्यक विवरण संकलन गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। प्रहरीले चोरीमा संलग्न व्यक्तिको खोजी तीव्र बनाइएको पनि जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  2. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  3. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  4. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  5. १३ राजदूतका लागि ३ हजार आवेदन
  6. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  7. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  8. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  9. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  10. १० तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  11. ११ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  12. १२ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  13. १३ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  14. १४ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  15. १५ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा