होमपेज > प्राइम कमर्सियल बैंकको १८औं वार्षिक साधारणसभा सम्पन्न, सञ्चालकमा डा. गजेन्द्र विष्ट निर्विरोध

प्राइम कमर्सियल बैंकको १८औं वार्षिक साधारणसभा सम्पन्न, सञ्चालकमा डा. गजेन्द्र विष्ट निर्विरोध

बिज्ञापन

प्राइम कमर्सियल बैंक लिमिटेडको १८ औं वार्षिक साधारणसभा बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ ।

साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर तथा चुक्ता पूँजीको ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। बोनस शेयर कर प्रयोजनका लागि पनि उपलब्ध गराइनेछ। साधारणसभाले बैंकको सञ्चालक समितिमा वरिष्ठ आर्थिक पत्रकार डा. गजेन्द्र विष्टलाई निर्विरोध निर्वाचित गरेको छ। डा. विष्ट यसअघि पनि बैंकको सञ्चालक रहेका थिए ।

सभामा अध्यक्ष श्रेष्ठले बैंकले भविष्यमा पनि सेवा विस्तार र शाखा नेटवर्क विस्तार जारी राख्ने र शेयरधनीलाई समयमै उचित प्रतिफल प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुका साथै ग्राहक केन्द्रित डिजिटल समाधानमार्फत बैंकको सेवा अझ आधुनिक र सरल बनाउने योजना रहेको जानकारी दिएका छन् । साधारणसभामा सहभागिता जनाउने शेयरधनी र सम्बन्धित सबैमा बैंकले आभार व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  2. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  3. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  4. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  5. १३ राजदूतका लागि ३ हजार आवेदन
  6. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  7. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  8. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  9. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  10. १० तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  11. ११ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  12. १२ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  13. १३ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  14. १४ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  15. १५ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा