होमपेज > बिहान पसलमा आउने ग्राहकहरूले आमाछोराको शव देखेपछि…

बिहान पसलमा आउने ग्राहकहरूले आमाछोराको शव देखेपछि…

बिज्ञापन

कटारी नगरपालिका– १० सोरुङ छविसेमा आमा छोराको हत्या भएको छ। वडा कार्यालय नजिकै किराना पसल गर्दै आएकी अन्दाजी ४० वर्षिया निर्मला थापा र उनका छोरा अन्दाजी ६ वर्षीय आरुस थापाको आज बिहान पसलमै शव भेटिएको हो।

वडाध्यक्ष क्षेत्रबहादुर खड्काका अनुसार बिहान पसलमा आउने ग्राहकहरूले आमाछोराको शव देखेका थिए। ‘आमाको शव भुइँमा घोप्टो परेको र छोराको खाटमा रगतमा डुबेको अवस्थामा फेला परको हो’, वडाध्यक्ष खड्काले भने, “छोराको शवमा हतियार प्रहार गरेको चोटहरू देखिएको जानकारी आएको छ।’ इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरिक्षक उमेश महतोले बिहानै घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी घटनास्थलतर्फ पठाइसकेको बताए।

प्रहरी निरिक्षक महतोले भने, ‘प्रहरी घटनास्थल पुग्नै लागेको छ। पुग्ने बित्तिकै अनुसन्धान सुरु गर्छौं।’ घटनास्थल कटारी बजारबाट ३२ किलोमिटर उत्तरपहाडी भेगमा पर्दछ। वडाध्यक्ष खड्काका अनुसार मृतक निर्मला थापाका श्रीमान अशोक थापा दुईवर्ष अघि कान्छी श्रीमति लिएर भारततिर गएका थिए। उनले भने, ‘तीनसय मिटर पर मुल घर थियो गएराति चाहीँ पसलमै बास बसेका रहेछन्, त्यही बेला घटना घटेछ।’ घटनास्थल पुगेका कटारी नगरपालिकाकी कार्यापालिका सदस्य गिताकुमारी गिरीले प्रहरी चौकी बतासेबाट प्रहरी आइपुगेको र अनुसन्धान प्रकृया अघि बढेको जानकारी दिइन्। स्थानीय दीपक राउतले बुधबार साँझ ८ बजेसम्म मुल घरको देवरहरूसँग मृतक निर्मलाको फोनमा कुरा भएको बताए।

‘साना साना देवरहरू थिए उनीहरूलाई बिहान आउँछौँ भनेका थिए रे’, राउतले भने, ‘बिहान घरमा खसी काट्ने सल्लाह थियो रे राति हत्या भएछ।’ बिहान घटनाबारे थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। तीज मनाउने तयारीमा रहेको गाउँमा हत्याको घटनापछी स्थानीयवासी शोकमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  2. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  3. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  4. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  5. १३ राजदूतका लागि ३ हजार आवेदन
  6. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  7. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  8. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  9. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  10. १० तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  11. ११ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  12. १२ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  13. १३ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  14. १४ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  15. १५ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा