होमपेज > भदौमा पनि बैंकहरुले ब्याजदर घटाए, कुन बैंकले कति घटायो?

भदौमा पनि बैंकहरुले ब्याजदर घटाए, कुन बैंकले कति घटायो?

बिज्ञापन

बैंकहरुले भदौमा पनि ब्याजदर घटाएका छन् ।  एनआईसी एशिया बैंकले भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको छ । बैंकका अनुसार ग्राहकले मुद्दती निक्षेपमा संस्थागततर्फ ६.४१ प्रतिशत र व्यक्तिगततर्फ ७.४१ प्रतिशतसम्म ब्याज प्राप्त गर्नेछन् । यसअघि साउनमा बैंकले संस्थागततर्फ ६.५३ प्रतिशत र व्यक्तिगततर्फ ७.५३ प्रतिशत ब्याजदर तोकेको थियो ।

त्यस्तै, बैंकले भदौमा साधारण बचत खातामा न्यूनतम ३.४१ प्रतिशतदेखि अधिकतम ५.४१ प्रतिशतसम्म ब्याजदर तोकेको छ । त्यस्तै, सानिमा बैंकले भदौ १ गतेदेखि लागू मुद्दती निक्षेपमा संस्थागततर्फ ४.९० प्रतिशत र व्यक्तिगततर्फ ६.२० प्रतिशत ब्याज बनाएको छ । यसअघि साउनमा बैंकले संस्थागततर्फ ५.१० प्रतिशत र व्यक्तिगततर्फ ६.४० प्रतिशत ब्याजदर तोकेको थियो । बैंकले साउनमा साधारण बचत खातामा न्यूनतम ३.०५ प्रतिशतदेखि ५.०५ प्रतिशत ब्याजदर कायम गरेको छ । साउनमा ३.०५ प्रतिशतदेखि ६.५ प्रतिशत ब्याज दिएको थियो ।

त्यस्तै, नबिल बैंकको भदौ महिना ब्याजदरमा कुनै पनि परिवर्तन गरेको छैन । बैंकले भदौमा मुद्दती खातामा व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर कायम गरेको छ ।

त्यस्तै, ग्लोबल आईएमई बैंकले भदौम आफ्नो ब्याजदर मुद्दती निक्षेपमा संस्थागततर्फ ५.२५ प्रतिशत र व्यक्तिगततर्फ ६.२५ प्रतिशतसम्म ब्याज बनाएको छ । बैंकले साधारण बचततर्फ भने ब्याजदर साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ३.५० प्रतिशत ब्याजदर तोकेको छ ।

त्यस्तै, नेपाल बैंकले भदौमा मुद्दती निक्षेपमा संस्थागततर्फ ४ प्रतिशत र व्यक्तिगततर्फ ५.२५ प्रतिशत ब्याजदर कायम गरेको छ । त्यस्तै, रेमिट्यान्स खातामा ६.२५ प्रतिशत ब्याजदर तोकेको छ । साउनमा बैंकले संस्थागततर्फ ४.२५ प्रतिशत, व्यक्तिगततर्फ ६.२५ प्रतिशत र रेमिट्यान्सतर्फ ७.७५ प्रतिशत ब्याज दिएको थियो । भदौमा साधारण बचत खाता कर्ताले भने न्यूनतम ३.०१ प्रतिशतदेखि अधिकतम ५.०१ प्रतिशत ब्याजदर पाउने छन ।

त्यस्तै, लक्ष्मी सनराइज बैंकको भदौ महिनामा मुद्दती निक्षेपमा संस्थागततर्फ ५.५० प्रतिशत र व्यक्तिगततर्फ ६.५० प्रतिशत ब्याजदर दिने भएको छ । बैंकले रेमिट्यान्स खातामा ७.५० प्रतिशत ब्याज दिने भएको छ । जेठमा भने बैंकले संस्थागततर्फ ६ प्रतिशत र व्यक्तिगततर्फ ७ प्रतिशत ब्याज दिएको थियो । त्यस्तै साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ५ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले साउनमा साधारण बचतमा ३.०५ प्रतिशतदेखि ५.०५ प्रतिशत ब्याजदर दिएको थियो ।।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  2. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  3. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  4. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  5. १३ राजदूतका लागि ३ हजार आवेदन
  6. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  7. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  8. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  9. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  10. १० तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  11. ११ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  12. १२ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  13. १३ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  14. १४ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  15. १५ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा