होमपेज > भाटभटेनीका नियमित ग्राहकलाई यो वर्ष २२ करोडको गिफ्ट

भाटभटेनीका नियमित ग्राहकलाई यो वर्ष २२ करोडको गिफ्ट

बिज्ञापन

भाटभटेनी सुपर स्टोरले नियमित ग्राहकलाई यो वर्ष २२ करोड रुपैयाँभन्दा बढी परिमाण बराबरको गिफ्ट भौचर घोषणा गरेको छ।

यस्तो उपहार प्राप्त गर्ने व्यक्तिले पाएको गिफ्ट भौचर बराबर सामग्री देशभरि फैलिएका २७ वटा भाटभटेनी स्टोरमा जहाँबाट पनि खरिद गर्न सकिने भाटभटेनीले जनाएको छ। यो उपहार भाटभटेनी क्लबका सदस्यता प्राप्त गर्नेमध्ये १ लाख ९ हजार ग्राहकले प्राप्त गर्नेछन्।

भाटभटेनी क्लबमा सदस्य रहेका लाखौं ग्राहकमध्ये हालसम्म १ लाख ९ हजार ५ सय २९ जनाले गिफ्ट भौचर प्राप्त गरेको प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले जानकारी दिए। कम्तीमा १ हजार ३ सयदेखि २ लाख रुपैयाँसम्मको गिफ्ट भौचर ती सदस्यले प्राप्त गरिसकेको उनले बताए । यसरी बाँडिने गिफ्ट भौचर कूल २२ करोड ५२ लाख ४९ हजार ३ सय २४ रुपैयाँ बराबर हुनेछ।

सीओओ पौडेलका अनुसार गिफ्ट भौचर बाँड्ने कार्य ६ माघदेखि ९ फागुन २०८१ सम्म रहने छ। भाटभटेनी सुपर स्टोरले ग्राहकका लागि धेरै प्रकारका सुविधाका प्याकेज बेला–बेला घोषणा गर्दै आएको छ। चाडबाड र पर्वहरूमा पनि सधैं विशेष छुट दिंदै आएको पनि पौडेलले बताए। ग्राहक सुविधा बाहेक भाटभटेनी सुपर स्टोरका अध्यक्ष मीनबहादुर गुरुङले सामाजिक सेवामा ठूलो योगदान दिँदै आएका छन्।

गत असोज महिनामा काठमाडौं र देशका अन्य क्षेत्रमा आएको बाढी-पहिरोबाट पीडितको सहयोगका लागि उनले प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका थिए। त्यस्तै, नेकपा एमालेको कार्यालय बाढीको डुबानमा परेपछि गुरुङले करिब १० रोपनी जग्गा एमाले कार्यालय बनाउन सहयोग गर्ने र त्यसमा भवन पनि बनाइदिने घोषणा गरेका छन्।

त्यसअघि डा. भगवान कोइरालाको नेतृत्वमा रहेको बाल अस्पताल (कियोच) लाई ४१ करोड रुपैयाँ सहयोग गरेका थिए। त्यसबाहेक जाजरकोट भूकम्पका बेला सहयोग गर्ने, टिचिङ अस्पतालको इमर्जेन्सी भवन बनाइदिने, दुर्गम क्षेत्रका जेहेन्दार विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा डाक्टर पढाउने जस्ता अनेक सामाजिक कार्यमा भाटभटेनी अध्यक्ष गुरुङको देन छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  2. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  3. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  4. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  5. १३ राजदूतका लागि ३ हजार आवेदन
  6. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  7. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  8. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  9. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  10. १० तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  11. ११ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  12. १२ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  13. १३ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  14. १४ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  15. १५ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा